९ महिनामा १८ हजार बढीले लिए निःशुल्क स्वास्थ्य सेवा, १ अर्ब १ करोड खर्च
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ८ रोग लागेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका देशभरका सम्बन्धित अस्पताललाई रकम भुक्तानी गर्ने भएको छ ।
स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको अध्यक्षतामा बसेको बैठकले साउनदेखि चैत्रसम्म जटिल ८ रोगका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरे बापत १ अर्ब १ करोड ५ लाख ९७ हजार ९ सय २ रुपैयाँ खर्च भएको र सो रकम भुक्तानी गर्ने तयारीमा मन्त्रालय रहेको जनाएको छ ।
साउनदेखि चैत्रसम्ममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको विपन्न नागरिक उपचार कोषबाट १८ हजार १ सय ९९ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको देखिएको छ ।
यस्तै विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५ को दफा ४ को उपदफा ६ अनुसार मृगौला प्रत्यारोण पूर्व अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क रु. ५० हजार र मृगौला प्रत्यारोपण पश्चात औषधी सेवन गर्ने व्यक्तिलाई रु. १ लाख उपलब्ध गराउने निणर्य पनि भएको छ ।
नेपालभित्र मृगौला प्रत्यारोपण गरेका १ सय २३ जना बिरामीहरुले प्रत्यारोपणपछि औषधी सेवनको लागि सो रकम पाउँने छन् । जसको लागि १ करोड ८३ लाख अठहत्तर हजार १ सय ३० रुपैयाँ छुट्याइएको छ ।
१८ हजार भन्दा धेरैले लिए स्वास्थ्य सेवा
साउन र भादौमा निःशुल्क स्वास्थ्य सेवा ५४ जना नागरिकले लिएका छन् । सो नागरिकको उपचार खर्च ८४ लाख ३७ हजार ५ सय ४६ रुपैयाँ ६ वटा अस्पताललाई भुक्तानी गर्न बाकी रहेको छ ।
यस्तै असोज र कात्तिक महिनामा देशभर विपन्न नागरिकको उपचारको लागि सरकारले तोकेको २२ वटा अस्पतालबाट २ हजार ३ सय ४२ जनाले स्वास्थ्य सेवा लिएका थिए । विपन्न नागरिक उपचार कोषबाट ४ करोड ९३ लाख ३६ हजार ७ सय ५९ रुपैयाँ सेवा प्रदान गरेको अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भुक्तानी गर्न बाँकी रहेको छ ।
मंसिर र पौष दुई महिनामा ६८ वटा अस्पतालबाट ७ हजार ८ सय ९५ ले स्वास्थ्य सेवा लिएका थिए भने ३६ करोड ३३ लाख ८० हजार ४ सय ५१ रुपैयाँ भुक्तानी गर्नु पर्नेछ ।
माघ र फागुनमा पनि ७ हजार ८ सय ९५ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् । ६९ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिएको नागरिकको उपचारको ३७ करोड ७७ लाख ११ हजार पाँच सय ८१ रुपैयाँ भुक्तानी गर्ने गर्नुपर्नेछ ।
चैत्र महिनामा ६६ अस्पतालबाट ८ हजार ३ सय ७६ जनाले स्वास्थ्य सेवा लिएका छन् । यि अस्पताललाई सरकारले १९ करोड २० लाख ५३ हजार ३ सय ३५ भुक्तानी गर्नु पर्ने छ ।
साथै विदेशमा गएर मृगौला प्रत्यारोपण गर्ने १३ जनालाई एक लाखको दरले १३ लाख दिने तयारीमा सरकार छ । विपन्न नागरिकलाई सेवा दिने सबै अस्पताललाई भुक्तानी दिने अन्तिम चरणमा मन्त्रालय रहेको जनाएको छ । २०७५÷०७६ मा बजेट कम हुँदा विपन्न नागरिकले पाउँनु पर्ने सेवा सुविधानमा समस्या देखिएको कुरालाई मन्त्रालयले स्वीकारेको थियो ।
सरकारले स्पाइनल इन्जुरी, पार्किन्सन्स, मुटु, हेड इन्जुरी, अल्जाइमर्स, मृगौला, क्यान्सर, सिकलसेल एनिमिया रोगको निःशुल्क उपचार गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान