शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जादु देखाउने बेला जादुगरको मृत्यु, हात खुट्टा बाँधेर नदीमा डुबेका थिए

सोमबार, ०२ असार २०७६, १२ : २९
सोमबार, ०२ असार २०७६

पश्चिम बंगालमा कोलकातास्थित हावडा ब्रिज नजिकैको गंगा नदीमा डुब्दा एक जादुगरको मृत्यु भएको छ । 

आइतबार उनले जादु देखाउनका लागि फलामको चेनले हात खुट्टा बाँधेर नदीमा डुबेका थिए । निकै बेरसम्म पनि जादुगर बाहिर ननस्किएपछि दर्शकहरुले पुलिसलाई जानकारी दिए ।

पुलिसका अनुसार मृतकको नाम ४१ वर्षका चञ्चल लाहिरीको रुपमा भएको छ । विपद व्यवस्थापन विभागले गंगामा शवको खोजी गरिरहेको छ ।

दर्शकको रुपमा उभिएका सैयद वकार रजाले दिएको जानकारी अनुसार जादुगर चञ्चल क्रेनको मद्दतले नदीमा डुबेका थिए ।  उनी नदी भित्र बाँधिएको हात खुट्टा खोलेर पानी बाहिर निस्किएको देखाउन चाहन्थे । यद्यपि, यस्तो हुन सकेन । 

चञ्चलले दुई पटक यस्तो जादु देखाइसकेका थिएः
पुलिसका अनुसार जादुगर चञ्चल पश्चिम बंगालको सोनारपुर शहरमा बस्दथे । उनले यसअघि पनि यस्तो जादु दुईपटक देखाइसकेका थिए । सनु २०१३ मा पनि जादु देखाउने बेला उनी बालबाल बचेका थिए । पुलिस स्रोतका अनुसार चञ्चलले गंगामा जादु देखाउनका लागि पुलिस प्रशासनसँग अनुमती लिएका थिए । यति हुँदा हुँदै पनि त्यहाँ सुरक्षाको कुनै प्रबन्ध नमिलाएको भारतीय संचार माध्यमले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप