शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता पाँच पुरुषलाई अपहरण गरेर विवाह गर्न चाहन्छिन् यी नायिका, जारी गरिन् सूची

सोमबार, ०२ असार २०७६, १२ : ०७
सोमबार, ०२ असार २०७६

 नायिका श्रुति सेठ सोसल मिडियामा निकै सक्रिय छिन् । उनी यो प्लेटफर्ममा सरकारको गलत नीतिमाथि आलोचना गर्नुका साथै हाँसो ठट्टा पनि गर्ने गर्छिन् । 

हालै उनले संसारभरीका पाँच हस्तीलाई ट्याग गर्दै उनीहरुलाई अपहरण गरेर विवाह गर्न चाहेको बताएकी छिन् । 

उनले युवल नोआ हरारी, ताइका डेभिड वेतिती, एलेन डि बटन, माइकल क्रिस्टोफर शीन र क्रिस हेम्सवर्थलाई ट्याग गर्दै आफू उनीहरुसँग विवाह गर्न इच्छुक भएको बताएकी हुन् । 

आफ्नो यो अभियानमा सहयोग गर्ने चाहनेलाई उनले स्वागतसमेत गरेकी छिन् ।

स्मरण रहोस्, युवल नोआ हरारी एक इतिहासकार, दार्सनिक एवं लेखक हुन् । उनले अत्यधिक विक्री भएको फिल्म सेपियन्स लेखेका छन् । यसबाहेक उनको किताब होमो द्युस पनि निकै चर्चामा थियो । उनले आफ्नो लेखाई र लेक्चरका कारण चर्चामा छन् ।  

यस्तै, ताइका डेविड वेतिती न्यूजिल्याण्डका एक फिल्म निर्माता हुन् । उनी अभियनका साथै कमेडी पनि गर्छन् । 

उनले सन् २००४ मा आफ्नो सर्ट फिल्म ‘टु कार्स वान नाइट’ का लागि एकेडेमी अवार्डमा नोमिनेसन पनि हासिल गरिसकेका छन् । 

एलेन डि बटन स्विट्जरल्याण्डमा जन्मेका बेलायती दार्सनिक एवं लेखक हुन् ।  उनको किताबमा समकालीन विषयलाई पस्किएको हुन्छ । सन् १९९३ मा उनको एसेस्स इन लभ सार्वजनिक भएको थियो जुन २० लाख बढी बिक्रि भएको थियो ।  

माइकल क्रिस्टोफर शीन वेल्शका नायक हुन् । उनले थिएटरपछि विभिन्न फिल्ममा काम गरेका छन् । उनले लण्दन रोयल एकेडेमी ऑफ ड्रामाटिक आर्टबाट तालिम लिएका हुन् ।  उनले सीगुल, होमकमिंग, हेनरी वी र रोमियो और जूलियटजस्ता फिल्ममा काम गरेका छन् । 

क्रिस हेम्सवर्थ एक अस्ट्रेलियन नायक हुन् । उनले रेड डन र रशजस्ता फिल्ममा पनि मुख्य भुमिका निभाइसकेका छन् । क्रिस एभेन्जर्समा आफ्नो भूमिकाका लागि निकै चर्चामा रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप