शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसदलाई बजेट दिनु चरम बेइमानी र राष्ट्रघातः साझा विवेकशील

सोमबार, ०२ असार २०७६, ११ : २१
सोमबार, ०२ असार २०७६

काठमाडौं–संघीय संसदका सांसदलाई प्रति सांसद ६ करोड छुट्याइएको नीतिको अनुसरण गर्दै प्रदेश सरकारहरुले पनि आइतबार प्रस्तुत वार्षिक वजेटमा अर्बौं रूपैयाँ प्रदेश सांसदहरुलाई छुट्याएको घोषणाको साझा विवेकशील पार्टीले  कडा भत्सर्ना गरेको छ । 

पार्टी प्रवक्ता सूर्यराज आचार्यले यो चरम बेइमानी, लोकतन्त्रको उपहास र राष्ट्रघात भएको टिप्पणी गरेका छन् । 

‘लामो राजनितिक संक्रमणबाट आजित भएका जनताले शान्ति, स्थिरता र विकासको अपेक्षा गर्दै गत निर्वाचनमा सत्तारूढ दललाई अत्यधिक बहूमत दिएका थिए। संघीय संसदमा दुई तिहाई समर्थन प्राप्त र ७ मध्ये ६ वटा प्रदेशमा नेतृत्व गरिरहेको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिका लागि लिनसक्ने आमूल परिवर्तनकारी कदमहरू लिनुको सट्टा प्रदेशदेखि केन्द्रसम्म भ्रष्टाचार र कुशासनलाई संस्थागत गर्दै जानु देशको लागि अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो’ विज्ञप्तिमा भनिएको छ । 

यसका असरहरू दूरगामी र अब नागरिकहरूले ‘मेरो पार्टी’ भनेर क्षमा दिने अवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ । 

सिण्डिकेटबाट आक्रान्त नेपाली समाजमा सांसदहरूलाई विकास बजेट छुट्याएर जुन ‘राजनीतिक सिण्डिकेट’ निर्माण गर्न खोजिएको छ, त्यो सबैभन्दा घातक सिण्डिकेटमा परिणत हुने साझा पार्टीले टिप्पणी गरेको छ।  

‘भौतिक विकासका लागि नीति, योजना र कार्यान्वयनका पक्षसँग जोडिने नयाँ कानुनको निर्माण या विद्यमान कानुनको परिमार्जनलागि सांसदहरुको भुमिका महत्वपूर्ण हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर सांसदहरुलाई नै पूर्वाधार आयोजनाका लागि बजेट छुट्याउनु स्पष्टरूपमा राज्यदोहन हो। यसले ‘योजनावद्ध विकास’ होइन गाउँगाउँ, पहाड पहाडमा ‘डोजर विनास’ मात्र निम्त्याउँछ।’

सांसदलाई बजेट छुट्याउने नीतिको प्रखर विरोध गर्ने सत्ताधारी र प्रतिपक्षका सांसदलाई पनि यो बजेट बहिस्कार गरी सुसंसकृत राजनीतिको सन्देश दिन साझा पार्टी आह्वान गरेको छ । 

प्रदेश नं ३ को साझा पार्टीका सांसद शोभा शाक्यले सांसदलाई छुट्याईएको बजेट अस्विकार गर्ने पनि आचार्यले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप