डीएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका वर्ष २५ को हर्कराज भन्ने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको लागि आदेश दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार डीएसपीको कुर्सीमा बसेको तस्बिर फेसबुकमा पोष्ट गरेर सार्वजनिक भएपछि गुरुङमाथि साइबर क्राइम अन्तर्गत मुद्दा चलाइएको थियो ।
डीएसपीको कुर्सीमा अर्कै मान्छे बसेको तस्बिरसहित समाचार सार्वजनिक भएपछि तत्कालिन इप्रका बिर्तामोडका प्रमुख डीएसपी सुवास खड्का विभागीय कारबाहीमा परेका छन् ।
गुरुङले सो क्षेत्रमा डीएसपी खड्का बस्ने कुर्सीमा बसेको फोटो खिची ‘म प्रहरीको मान्छे हुँ’ भन्दै धम्क्याउने आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण
-
एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता
-
८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा
-
एभरेस्टको फिस मसलामा ‘पेष्टिसाइड’
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस