बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा ७४ वटा सीसी क्यामेरा जडान

सोमबार, ०२ असार २०७६, ०९ : २०
सोमबार, ०२ असार २०७६

उपत्यकाको कामपा–३२ स्थित सुविधानगर क्षेत्रभित्र ७४ वटा सीसी क्यामेरा जडान गरिएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वर, सामुदायिक विकास समिति, एकीकृत उपभोक्त संघ र सुरक्षित नागरिक समाजको सहकार्यमा सीसी क्यामेरा जडान गरिएको हो । 

सीसी क्यामेरा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले समाजलाई सुरक्षित बनाउन सीसीटिभी क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अपराध रोकथाम तथा न्यूनिकरण, सामाजिक विकृति विसंगती विरुद्ध जनचेतना अभिवृद्व गर्ने कार्य, सुरक्षा व्यवस्थापनमा जनसहयोग एवं समग्र सामुदायीक सुरक्षालाई मजबुत बनाउन नेपाल प्रहरी सदैव अघि रहनुपर्ने डीएसपी काफ्लेको भनाई थियो । 

स्मार्ट सिटी सर्भाइलेन्स अवधारणा अनुरुप यस क्षेत्रभित्र गरिएको यस सीसी क्यामेरा जडान कार्य पाइलट प्रोजेक्टको रुपमा रहको वृत्तका प्रमुख डीएसपी काफ्लेले बताए । 

डीएसपी काफ्लेले विधिन्न सरकारी निकाय र नीजि संघसंस्थाहरुको सहकार्यमा ३७ लाख ३५ हजार रुपैयाँ लागतमा ७४ वटा सीसी क्यामेरा जडान गरिएको जानकारी दिए । 

जडान गरिएको सीसी क्यामेरा महान्याधीवक्ता अग्नी प्रसाद खरेलले उद्घाटन गरेका थिए । लगत्तै सीसी क्यामेरा खरेलले नेपाल प्रहरीलाई हस्तान्तरण गरे । बानेश्वर वृत्तबाट नै सीसी क्यामेराको मोनिटरिङ् हुनेछ ।

एक वर्षसम्म क्यामेराको सम्पूर्ण मर्मत सम्भार जडान गर्ने कम्पनीले गर्ने र त्यस पश्चातको सम्पूर्ण मर्मत सम्भार एवं सञ्चालन ३ वटा संस्थाहरुले गर्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप