त्रिवि सेवा आयोगको मुल गेटमै तालाबन्दी
त्रिवि सेवा आयोगको परिक्षामा अनियमित्तता भएको भन्दै एक महिनादेखि अनसनमा बसेका विद्यार्थीले मुलगेटमै तालाबन्दी गरेका छन् । एक महिनादेखि आयोगको मुल गेटमा अनसन बसिरहेका विद्यार्थीले आजदेखि पदाधिकारीलाई प्रवेशमा रोक लगाउने भन्दैतालाबन्दी गरेका हुन् ।
कर्मचारीको परिक्षामा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, अन्य पदाधिकारी र विद्यार्थी नेताकासमेत आफन्तको नाम निकालेको भन्दै अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको थियो । उजुरी परेपछि अख्तियारले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएपनि सेवा आयोगले लिखितमा नाम निकालेका परिक्षार्थीको मौखिक परिक्षा लिएको थियो ।
परिक्षा खारेजीको माग गर्दै अनसनमा बसेका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकमारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को मागलाई भने सरकार र सेवा आयोग दुवैले बेवास्ता गरेका छन् । शिक्षामन्त्रीले वार्ताको आश्वासन दिएर आफू विदेश भ्रमणमा थाइल्यान्ड गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
-
मदन भण्डारी ‘राष्ट्रिय’ पुरस्कारबाट रमेश रुछेन राई पुरस्कृत
-
पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्
-
यात्रुवाहक बसबाट खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ
-
समृद्धिको आधार राष्ट्रिय परिचयपत्र र त्यसभित्रका तथ्याङ्क
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण