
उपत्यकामा चोरको बिगबिगी
राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान ? प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ ।
पाकेटमाराले प्रहरीलाई नै चकित पार्ने गरी पाकेटमारी र चोरी गर्दै आएको पाइएको छ । उनीहरुमध्ये कतिपयले त आफूलाई प्रहरी संगठनकै सदस्यका रुपमा समेत प्रस्तुत गर्ने गरेको बताइएको छ । व्यावसायिक पाकेटमाराले विभिन्न क्षेत्र छुट्ट्याएर कोड भाषा प्रयोग गरी पैसा, मोबाइल तथा सुन चाँदी भएका व्यक्ति पहिचान गरी आफ्नो धन्दा चलाउँदै आएका छन् ।
प्रहरीले जेठमा मात्रै ८२ जना पाकेटमारा तथा चोरलाई रंगेहात पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको सूचना आएपछि जेठभर सुरु गरेको विशेष अभियानका क्रममा ७८ पुरुष र ४ महिला पाकेटमारा तथा चोरहरु पक्राउ परेको जनाएको छ ।
परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले यातायात व्यवसायीसँगको सहकार्यबाट सार्वजनिक यातायातमा सादा पोसाकका प्रहरी परिचालन गरी उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
कमेन्ट
- June 17, 2019, 8:34 a.m. Indraman khatriअाज २०७६ असार १ गते पर्वत स्थित गायत्री षटकाेप राधामाधव सत्सङ्ग अाश्रममा सम्पर्क कार्यालय रहने गरि श्री राधा माधव समिति नेपाल पर्वतकाे समुद्घाटन गरियाे । राधामाधव समितिका केन्द्रीय अध्यक्ष संगिता दिदीकाे समुपस्थितिमा प्रमुख अतिथि कुश्मा नगरका प्रमुख श्री रामचन्द्र जाेशीबाट दीप प्रज्ववलन, व्यानर उद्घाटन तथा प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपाल तथा प्रहरी ना उपरीक्षक श्याम खनाल समेतले संयुक्त रुपमा वृक्षारोपण गरि कार्यक्रम तथा सम्पर्क केन्द्रकाे उद्घाटन गर्नु भएको थियाे । पर्वत केन्द्रका संयाेजक श्री इन्द्रमान खत्रीकाे सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र जाेशीले संस्था खुलेकाेमा खुशी व्यक्त गर्दै कुश्मा नगर र नगरवासीकाे सहयाेग रहने बताउनु भयाे भने संस्थाकि सदश्य रीता के सी भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियाे । राधामाधव समिति बागलुङका सचिव दीपक कँडेलद्वारा सञ्चालित कार्यक्रममा संस्था कि केन्द्रीय अध्यक्ष संगिता दिदी बाट अारती संकीर्तन सहित प्रार्थना र संस्थाकाे बारेमा जानकारी गराउनुका साथै संस्थाका तर्फबाट सबै अतिथिहरुलाई मायाकाे चिनाे प्रदान गर्नुभएको थियाे । संस्थाका केन्द्रीय उपाध्यक्ष गाेपाल सापकोटा विष्णु पन्थी सहित पाेखरा,स्याङ्जा बागलुङ केन्द्रका संयाेजक संविधान सभाकि पूर्व सदश्य कल्पना जाेशी चापागाईं स्थानीय राजनीतिक व्यक्ति विभिन्न वडाका वडाध्यक्षहरु उद्याेग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, पत्रकार क्याम्पस, विद्यालय लगायत वन समूह अामा समूह संघ संस्था र कार्यालयका प्रमुख तथा प्रतिनिधि,गायत्री षटकाेप राधामाधव अाश्रमका अध्यक्ष सहित समाजसेवीहरु काे उल्लेख्य उपस्थिति रहेकाे साे कार्यक्रमका सबै अारदणीय अतिथिलाई राधामाधव समिति पर्वत केन्द्रका संयाेजक इन्द्रमान खत्रीले धन्यवाद व्यक्त गर्नु भएको थियाे ।
- 0 Reply