आउँदो भाइटीकासम्म तयार हुन्छ रानीपोखरी
पसिना छुटाउने मध्य दिनको चर्को घाम । राजधानी काठमाडौँको पोखरीमा हुलका हुल महिला धमाधम भित्ता सम्याउँदै र खुट्टाले माटो मुछ्दै छन् । प्राकृतिक मिश्रण बज्र तयार हुँदै छ । इँटा पखालिँदै छ ।
राजा प्रताप मल्लको पालामा बनेको रानीपोखरी २०७२ सालको भूकम्पले भत्कियो । पुनःनिर्माण गर्न लाग्दा केही समयअघि विवाद पनि देखियो तर अहिले भक्तपुरका कामदार आएपछि काम धमाधम भइरहेको छ । “सुरुमा आउँदा यहाँ हामीजत्रै घाँस र गन्हाउने फोहोर धेरै थियो, मरेका कुकुर पनि फाल्यौँ,” माटो मुछ्दै शर्मिला नापितले भने, “अब पोखरीको रूप सिँगार्दै छौँ । ”
पुरानै शैलीमा पोखरी बनाउन भक्तपुरको सिद्धपोखरी र भाजुपोखरी निर्माणको काम हेरेपछि उतैको प्राविधिक सहयोग लिइएको हो । माटोको पिँधबाट पानी बस्छ, बस्दैन भन्ने थाहा पाउन बनाएको नमुना पोखरीमा पानी जमेपछि त्यहीअनुसार बनाउन थालिएको छ ।
पोखरी र पर्खालका लागि नौ करोड ९७ लाख रुपियाँ बजेट छ । जसमध्ये हालसम्म एक करोड ४२ लाख रुपियाँ खर्च भएको छ । आउँदो भाइटीकासम्म पोखरीमा पानी राख्ने योजना प्राधिकरणको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण