काठमाडौंको न्युरोड एरियामा ‘स्मार्ट पार्किङ’ सुरु
काठमाडौं-नयाँ सडक आसपास क्षेत्रमा व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिने उद्देश्यले ‘स्मार्ट पार्किङ’ आजदेखि शुरु गरिएको छ ।
तीन महीनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रलीका अनुसार पहिलो चरणमा विशाल बजार र धर्मपथमा सेवा सञ्चालन गरिएकामा पछि क्रमशः प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा उपलब्ध गराइनेछ ।
उक्त पार्किङअन्तर्गत ८०० मोटरसाइकल र ६० वटा गाडी पार्किङ क्षमता छ । स्मार्ट पार्किङका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्छ । एपले पार्किङ स्पेस भए÷नभएको जानकारी दिएसँगै एपबाटै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ ।
पार्किङका लागि १५ मिनेटपहिले नै बुक गर्ने व्यवस्था मिलाइएको छ । यदि बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ रद्द हुने सञ्चालक कम्पनीले जनाएको छ । बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्ने र बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि प्रवेश गराउनुपर्ने व्यवस्था गरिएको छ । मोटरसाइकलका लागि एक घण्टाको रु २५ र गाडीका लागि रु ८० शुल्क तोकिएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङको शुभारम्भ गर्दै महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमै यस प्रकारको पार्किङ अन्य स्थानमा पनि विस्तार गरिने बताउँदै महानगरलाई व्यवस्थित बनाउन आफू प्रयासरत रहेको बताए ।
अत्याधुनिक र सुरक्षित पार्किङ, महानगरपालिकाले सवारी उठाएर लैजाने चिन्ता नहुने, अनावश्यक जामको झञ्झटबाट मुक्त भइने, समयको बचत हुनेलगायत स्मार्ट पार्किङको विशेषता रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण