शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको न्युरोड एरियामा ‘स्मार्ट पार्किङ’ सुरु

आइतबार, ०१ असार २०७६, २३ : २०
आइतबार, ०१ असार २०७६

काठमाडौं-नयाँ सडक आसपास क्षेत्रमा व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिने उद्देश्यले ‘स्मार्ट पार्किङ’ आजदेखि शुरु गरिएको छ । 

तीन महीनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रलीका अनुसार पहिलो चरणमा विशाल बजार र धर्मपथमा सेवा सञ्चालन गरिएकामा पछि क्रमशः प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा उपलब्ध गराइनेछ । 

उक्त पार्किङअन्तर्गत ८०० मोटरसाइकल र ६० वटा गाडी पार्किङ क्षमता छ । स्मार्ट पार्किङका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्छ । एपले पार्किङ स्पेस भए÷नभएको जानकारी दिएसँगै एपबाटै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ । 

पार्किङका लागि १५ मिनेटपहिले नै बुक गर्ने व्यवस्था मिलाइएको छ । यदि बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ रद्द हुने सञ्चालक कम्पनीले जनाएको छ । बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्ने र बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि प्रवेश गराउनुपर्ने व्यवस्था गरिएको छ । मोटरसाइकलका लागि एक घण्टाको रु २५ र गाडीका लागि रु ८० शुल्क तोकिएको छ । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङको शुभारम्भ गर्दै महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमै यस प्रकारको पार्किङ अन्य स्थानमा पनि विस्तार गरिने बताउँदै   महानगरलाई व्यवस्थित बनाउन आफू प्रयासरत रहेको बताए ।

अत्याधुनिक र सुरक्षित पार्किङ, महानगरपालिकाले सवारी उठाएर लैजाने चिन्ता नहुने, अनावश्यक जामको झञ्झटबाट मुक्त भइने, समयको बचत हुनेलगायत स्मार्ट पार्किङको विशेषता रहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप