बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिफमा ‘स्यामा पिन्बा’ उत्कृष्ट

आइतबार, ०१ असार २०७६, १९ : ५९
आइतबार, ०१ असार २०७६

काठमाडौं– राजधानीमा आयोजित दुई दिने तामाङ अन्तर्राष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) सकिएको छ । तामाङ समुदायमा छोरी हुर्केपछि गुन्यु चोली दिने चलनमाथि बनेको छोटो फिल्म ‘स्यामा पिन्बा’लाई उत्कृष्ठ पुरस्कार दिँदै महोत्सव सकियो ।

सञ्चु थोकर निर्देशित १६ मिनेट लामो ‘स्यामा पिन्बा’ले तामाङ समुदायको सांस्कृतिक मौलिकता उजागर गरेको भन्दै ‘सेमरी छोरङान ग्रान्ड जुरी अवार्ड’ दिइएको हो । जयनन्द झण्डै डेढ दशक अघि जयनन्द लामाले निर्देशक गरेको पहिलो तामाङ फिल्म ‘सेमरी छोरङान’मा नामबाट दिइएको यो अवार्डमा ५० हजार रुपैंया पुरस्कारमा रहेको छ । 

राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सम्पन्न महोत्सवमा देश विदेशबाट विभिन्न १८ वटा छोटा फिक्सन र डकुमेन्ट्री देखाइएको थियो । महोत्सवमा वेष्ट डकुमेन्ट्री अवार्ड कमल योन्जन निर्देशित ‘मधुराजा’ जित्यो । ललितपुरको बुडुन्चुली गाउँमा तामाङ समुदायले मनाउने पर्वलाई उतारे यो डकुमेन्ट्रीले २५ हजारसहितको अवार्ड जितेको छ । 

त्यस्तै उत्कृष्ट सर्ट फिल्म अवार्ड अमृतमान घिसिङको ‘क्युई’ (पानी) ले जित्दा पब्लिक च्वाइस अवार्ड ‘छ्यो पोङ’को पोल्टामा गयो । कमल योञ्जनद्धारा निदेर्शित छ्योपोङमा प्रेम गरी भागी विवाह गरेपछि छ्यो पोङ (चोरी सगुन) लाने चलनलाई उतारेको छ । स्पेशल मेन्सन अवार्ड उदय लामाको ‘म्हेन्दोमाया डकुमेन्ट्री’ले हात पारे । नुवाकोट, रसुवा, धादिङ आसपासमा गाउने म्हेन्दोमायाको ऐतिहासिक पक्षलाई निर्देशक लामाले उतारेका छन् । 

त्यस्तै इन्करेजमेन्ट अवार्डमा छोटो फिल्म ‘नोर्बु’ अब्बल बन्यो । पश्चिमी बाजालाई रुचाउँदै गएको पछिल्लो पुस्तामा केही युवा आफ्नो मौलिक बाजाप्रति आकर्षित भएको यो फिल्ममा देखाइएको छ, छेडुप तामाङले निर्देशन गरेको यो फिल्मले १० हजार रुपैंया र अवार्ड पाए । 

तामाङ आवाज र सेलो फाउण्डेसनले गरेको महोत्सवमा एससीआरसी, काठमाडौं महानगरपालिका लगायतको सहकार्य रहेको थियो । फेस्टिभलमा प्रतिस्पर्धीको रुपमा अमेरिकाबाट ङिमा पाख्रिन तामाङको ‘गिफ्ट फ्रम मदर’, नेपालबाट फूलमान वलको ‘सेलफोन’ सहभागी थियो भने क्यानडाबाट ग्राब्रियल ग्रेनोटको ‘पिल्ग्रीम्स टु पाँचपोखरी’ प्रतिपस्र्धामा थिए । 

महोत्सवमा तामाङ चलचित्र सम्बन्धि विषयगत छलफल, भिजुअल पोइट्री एवं कविता वाचन, पराम्परागत थाङ्का चित्रकला एवं मूर्ति कलाबारे अन्तरक्रिया लगायतका कार्यक्रम भएको महोत्सव अध्यक्ष विगेन्द्र वाइबाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप