शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड, पर्यटनलाई मुख्य प्राथमिकता (पूर्णपाठसहित)

आइतबार, ०१ असार २०७६, १९ : ४९
आइतबार, ०१ असार २०७६

पोखरा– गण्डकी प्रदेश सरकारले पर्यटन, पूर्वाधार, उर्जा र कृषिलार्ई मुख्य प्राथमिकता दिँदैे आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभा वैठकमा ३२ अर्ब १३ बजेट ४७ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले चालू अर्थिक बर्षमा २४ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको थियो । 

चालू खर्चतर्फ १२ अर्ब २८ करोड ५७ लाख र पुँजिगत खर्चतर्फ १९ अर्ब ८४ कारोड ९० लाख बजेट बिनियोजन गरेको छ । कूल बजेटमा पँुजिगत तर्फ ६३ प्रतिशत र चालूतर्फ ३८ प्रतिशत रहेको छ ।  नेपाल सरकारबाट समानिकरण अनुदान ७ अर्ब ११ कारोड २२ लाख,  सशर्त अनुदान ५ अर्ब ३५ करोड १६ लाख र समपुरक अनुदान ७५ करोड, विशेष अनुदान ७५ करोड, राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ७० करोड ५१ लाख, रोयल्टीबाट ४० कारोड प्रदेश सरकारको सञ्चित कोषमा संकलन हुने अर्थमन्त्री गुरुङले बताए ।

आन्तरिक राजस्वबाट ३ अर्ब २७ करोड ७५ लाख उठाउने सरकारको लक्ष्य छ । बजेटमा अनुदान र आन्तरिक राजस्वबाट संकल वाहेक ६ अर्ब ७३ करोड, ८३ लाख ९२ हजार न्यून हुने छ । अपुग रकम पूर्ति गर्न चालू आर्थिक वर्षको बचतबाट ४ अर्ब ८० करोड थप हुनेछ ।  १ अर्ब ९८ कारोड ८३ लाख ९२ हजार आन्तरिक ऋणबाट उठाउने र नेपाल सरकार बाट १ अर्ब ऋण लिने मन्त्री गुरुङले बताए ।  

निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत सांसद विकास कोषको लागि ७२ करोड रकम विनियोजन गरिएको छ ।  स्थानिय तहका लागि एकमुष्ट १ अर्ब ५ करोड समानिकरण अनुदान बिनियोजन गरिएको छ । 
प्रदेश गौरवको आयोजनाको रुपमा बृहत पोखरा चक्रपथ र पोखरा भिमाद दुम्कीवास दु्रत मार्ग निर्माण र शालिग्राम साँस्कृतिक करिडोर निर्माण गर्ने गरि ११ करोड विनियोजन गरिएको छ । 

सडक पुल निर्माणलाई निरन्तरता दिँदै ८ अर्ब १८ करोड विनियोजन गरिएको छ ।  विद्युत नपुगेको ग्रामिण क्षेत्रमा विद्युत विस्तार गर्न ५१ करोड विनियोजन गरिएको छ ।  शुक्लागण्डकी, भिमाद, मध्यनेपाल, पुतलिबजार, फलेवास र कुस्मालाई स्याटलाईट सिटीको रुपमा विकास गर्ने बजेट विनियोजन गरिएको छ । प्रदेशको प्रमुख प्रशासनिक केन्द्र लगायतका संरचना निर्माणमा १ अर्ब ७० करोड बजेट बिनियोजन गरिएको छ । 
पर्यटक कार्यालय तथा पर्यटन सुचना केन्द्र स्थापनाका लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।  कृषि तर्फ मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँलाई निरन्तरता दिदै १६ करोड ८९ लाख बजेट विनियोजन गरिएको छ । नवलपुरको लोकाह खोला र पोखराको भोटेपोखरीमा प्रदेश औद्योगिक क्षेत्र  स्थापना गर्न २ करोड र एक पालिका १ औद्योगिक ग्राम स्थापना गर्न ६ करोड बजेट विनियोजन गरिएको छ । 
शिक्षातर्फ गण्डकी विश्वविद्यालय स्थापना गर्न १० करोड ४० लाख र गण्डकी प्राविधिक प्रतिष्ठानको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।  स्वास्थ्यतर्फ पर्वत, म्याग्दी, स्याङजा, गोरखा र लमजुङमा मृगोला डायलासिस सेवा उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ ।

वार्षिक वृद्धिदर २ अंकको बनाउने, अहिले १४ प्रतिशत रहेको गरिबीलाई ७ प्रतिशतमा झार्ने, मातृमृत्युदर प्रतिलाख जीवत शिशु जन्ममा २ सय ३९ छ त्यसलाई १ सय ७० मा झार्ने गण्डकी प्रदेश सरकारको लक्ष्य छ ।

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी कार्यक्रम सञ्चाालन गरेको सरकारले सन् २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष अभियान सञ्चालन गर्ने गरि बजेट ल्याएको छ । 

पूर्णपाठ:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप