शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुत्केरीको मृत्यु विवादबारे अस्पताल र परिबारबीच सहमति जुट्यो

आइतबार, ०१ असार २०७६, १९ : ४०
आइतबार, ०१ असार २०७६

सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद समाधान भएको छ । शल्याक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको शुक्रबार डडेल्धुरा अस्पतालमा मृत्यु भएपछि सदरमुकाममा तनाव उत्पन्न भएको थियो ।

मृतकका आफन्तसँग जिल्ला प्रशासन कार्यालयमा तीन बुँदे सहमति भएपछि प्रदर्शन रोकिएको छ । तीन बुँदे निर्णयमा सहमति जनाई घटनाबारे आवश्यक सहयोग गर्न प्रशासन कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाइएपछि प्रदर्शन रोकिएको हो । 

गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशलाई बोधार्थ गरी पत्र पठाइपछि प्रदर्शन रोकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।
 
प्रशासन कार्यालय र मृतकका आफन्तबीच घटनाको सत्यतथ्य पत्ता लगाइ क्षतिपूर्ति राहत उपलब्ध गराउने विषयमा सहमति भएको हो । 

सोको लागि छानबिन टोली पठाइ दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने सहमति पत्रमा उल्लेख छ । 

सहमतिअनुसार नै मृतक ताम्राकारको शव परीक्षण जिल्ला बाहिरका चिकित्सकबाट गरी आज दाहसंस्कार गरिएको छ । 

चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गर्दै आएका थिए । चिकित्सकले भने आफूहरुले कुनै लापारवाही नगरेको बताएका छन् ।

मृतक ताम्राकारको १७ दिन अगाडि डडेल्धुरा अस्पतालमै शल्यक्रिया गरी बच्चा जन्मिएको थियो । प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले घटनाबारे छानबिन गरी दोषीमाथि कारवाही गर्ने सहमति भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप