शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गंगालाल गलत रिर्पाेट काण्ड: कहिले सकिन्छ छानविन ?

आइतबार, ०१ असार २०७६, १९ : ३७
आइतबार, ०१ असार २०७६

काठमाडौँ– एकजना ट्वीटर प्रयोगकर्ता लेख्छन्, ‘गलत गु्रपको रगत काण्डमा दोषीलाई सजाय दिने उद्घोषका साथ गठन गरेको छानबिन कमिटीबाट दोष सिष्टमको देखेपछि पुच्छर लुकाएको प्रशासनले अचाक्ली बढेको इन्फेक्सनमा काम नगर्ने एसी, बन्द नहुने ढोका, पत्रु आइसियू, शंकास्पद निर्मलीकरणलाई छाडेर अप्रेशन कक्षमै नछिरेको सर्जनलाई दोष दिन थालेछ ।’ 

यो स्टाटस् लेख्ने रामेश कोईरालाले यसभन्दा अगाडी पनि गंगालाल अस्पतालमा रगत काण्डको विषयमा लेख्दै निश्पक्ष छानविन नभएको तर्क राखेका थिए ।  मुटुमा समस्या देखिएपछि ५ वर्षीया आकृतिकुमारी शाहलाई वैशाख १३ गते सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो ।

चिकित्सकले उनको मुटुमा समस्या देखिएको भन्दै अप्रेसन गर्न सुझाव दिए । सोहीअनुसार अस्पतालका निर्देशक डा.ज्योतेन्द्र शर्माको टिमले १७ वैशाखमा आकृतिको अप्रेसन गरेको थियो । अप्रेसन गर्दा आकृतिलाई दुई पिन्ट रगत चढाउनुपरेको थियो । 

चिकित्सकले आकृतिको रगत समूह ‘ओ’ पोजेटिभ भएको रिपोर्ट बनाएका थिए । सोही आधारमा रगत मगाइयो । तर, ल्याबबाट ‘ए’ पोजेटिभ समूहको रगत ल्याएर चढाइयो । गलत समूहको रगतले आकृतिको दुवै मिर्गौला फेल भएको स्रोतले जनाएको छ । ल्यावका कर्मचारीले पनि गल्ती भएको स्वीकार गरेका छन् ।  

५ वर्षीया आकृतिको वैशाख २४ गते निधन भयो । परिवारले कर्मचारीको लापरवाहीका कारण गलत समूहको रगत दिँदा निधन भएको बताउँदै आइरहेको छ ।

एक महिनासम्म पनि आएन रिपोर्ट  

घट्ना घटेको एक महिना नाघिसक्दा पनि घट्नाको बारेमा अहिलेसम्म सत्यतथ्य बाहिर आउन सकेको छैन् । अस्पतालले घट्नाको छानविन गर्नको लागि समिति गठन गरेको छ भने पीडित परिवारले नेपाल मेडिकल काउन्सिलमा निश्पक्ष छानविनको लागि निवेदन दिएका छन् । 

तर यति लामो समय बितिसक्दा पनि वास्तविक कुरा बाहिर आउन सकेको छैन । अस्पताल प्रशासनले भने काउन्सिलमा निवेदन परेको हुँदा काउन्सिलको कुरालाई नै आधार मान्ने बताउँदै आइरहेको छ । यता काउन्सिलले भने आकृतिको विषयमा अहिले छानविन भइरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप