शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मोडल हन्ट नेपाल’ को पाँचौ संस्करण सुरु

आइतबार, ०१ असार २०७६, १९ : २६
आइतबार, ०१ असार २०७६

काठमाडौं– ‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल २०१९’को आवेदन खुल्ला भएको जनाएको हो । 

मोडल हन्ट नेपाल नेपालको मोडलिङ सम्बन्धी प्रतिष्ठित प्रतियोगिता हो । प्रिपिएर फर इनिसियसन’ अर्थात ‘सुरुवातको तयारी’ थिम रहेको प्रतियोगिता देशभर छरिएर रहेका युवा युवतीहरुलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गरि देश तथा बिदेशमा मोडलिङ सम्बन्धि विभिन्न अवसर प्रदान गर्न प्रतियोगिता अब्बल साबित हुँदै  आएको छ । 

पाँचौ संस्करणसम्म आइपुग्दा ३०० बढी युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ व्यवसायिक मोडल उत्पादन गर्न प्रतियोगिता सफल भएको आयोजक संस्था नेक्स्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए । 

इन्डिया, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, अमेरिका लागायत विश्वका विभिन्न मुलुकमा सञ्चालन हँुदै आएको ‘मोडल हन्ट’ विगत ५ बर्षदेखि नेपालमा आयोजना हँुदै आएको हो । नेपाली प्रतियोगितामा अन्तराष्ट्रिय कोरियोग्राफरको उपस्थितिले नेपालका मोडललाई अन्तर्राष्ट्रिय बजारको विस्तार एवं नेपाली मोडलले उत्कृष्ट प्रशिक्षण प्राप्त गर्न मद्दत पुग्ने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले प्रष्ट पारिन् । 


 
‘मोडल हन्ट नेपाल २०१९’मा भारतका चर्चित फेसन कोरियोग्राफर अभिमन्युसिंह तमोर समेत आवद्ध भएका छन् । ल्याक्मे फेसन विक लन्चप्याड, एशियन फेसन अवार्ड, एसिया डिजाइनर विक, एसिया लाइफ स्टाइल विक, दुवई फेसन शो लगायत दर्जनौ अन्तर्राष्ट्रिय प्रतियोगिताका मुख्य कोरियोग्राफर भएर काम गर्दै आएका तमोर यो प्रतियोगिताको यस बर्षका मुख्य प्रशिक्षक पनि हुन् । 

जुन २२ देखि प्रारम्भिक अडिसन सुरु हुने प्रतियोगिता १७ अगष्टमा पुगेर सकिने छ । प्रतियोगितामा सहभागिताका लागि नेक्स्ट मोडल नेपालको केन्द्रीय कार्यालय टेकु (अटोल्याण्ड भवन) अथवा आधिकारीक वेभ साइटबाट समेत आवेदन भर्न सकिनेछ ।

प्रतियोगिताका विजेताले लब्जरी ब्राण्ड मोडल अवार्ड कोरिया, पुने फेसन विक, मिस्टर ओसियन, सुपर मोडल ग्लोव जस्ता उत्कृष्ट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीको अवसर प्राप्त गर्नेछन् । १६ देखि २८ बर्षसम्मका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगीतामा सहभागतिाका लागि युवाका लागि ५ फिट ८ इन्ट र युवतीका लागि ५ फिट २ इन्च कम्तिमा पनि हाइट हुनपर्ने प्रावधान आयोजकले राखेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप