बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साग खेलकुद प्रतियोगिताको अनुमानित बजेट ५ अर्ब, २६ करोड

आइतबार, ०१ असार २०७६, १९ : ०३
आइतबार, ०१ असार २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि ५ अर्ब २६ करोड ५७ लाख ४६ हजार बजेट लाग्ने अनुमान गरिएको छ ।  १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता मूल समारोह समिति अन्तर्गतको बजेट निर्माण कार्यदलले आईतबार सो प्रतियोगिताका लागि ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार बजेट लाग्ने अनुमानित खाका प्रस्तुत गरेको हो । 

कार्यदलका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाले खेलकुद क्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यहरुसँगको छलफल पछि सो प्रतियोगिताका लागि लाग्ने अनुमानित बजेटको खाका तयार पारिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सो प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिइएको बताए । उनले सो प्रतियोगितामा भाग लिने राष्ट्रहरुलाई निमन्त्रणा पठाउने काम पनि सुरु गरिएको बताए ।

आगामी मंसीर १५ गतेदेखि २४ गतेसम्म सो प्रतियोगिता नेपालमा आयोजना हुँदैछ । सरकारले यस अघि नै सो प्रतियोगिताको लोगो र मस्कट तयार पारी सार्वजनिक गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप