छोराछोरीले आम्दानीको १० प्रतिशत रकम बाआमाको खातामा जम्मा गर्नुपर्ने
काठमाडौं– सरकारले हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना बृद्ध बाआमाको खातामा जम्मा गरिदिने कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले संघीय संसदमा पेश गरेको ज्येष्ठ नागरिक सम्बन्धि विधेयकमा हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना वृद्ध बुबाआमाको खातामा जम्मा गरिदिने प्रावधान राखिएको हो ।
ज्येष्ठ नागरिकहरुमाथि आफ्नै सन्तानले अपहेलना गरेको पाइएपछि कानुनी रुपमै उनीहरुको संरक्षणका लागि सन्तानको पारिश्रमिक उनीहरुका वृद्ध बुबाआमाको खातामा पनि जम्मा गरिदिनुपर्ने कानुनी व्यवस्था गर्न लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिइन् ।
ज्येष्ठ नागरिक दूव्र्यवहारविरुद्धको १४ औं विश्व चेतना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरोकारवाला निकायसँग छलफल गरेर ज्येष्ठ नागरिकहरुको उचित हेरचाहको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राज्यले ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि विशेष व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार