सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा
काठमाडौं– सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले र लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईंले क्रमश सुर्खेत शाखा र लम्कीको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । उनले बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा बताए ।
कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपाललाई समृद्धि तर्पm लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीँको निर्माण गर्न आग्रह गरे ।
त्यसैगरी, लम्की शाखाको उद्घाटन गर्दै लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईले सम्पुर्ण जनसमुदाय सिभिल बैंकले प्रदान गर्ने बैंकिङ सेवाबाट लाभान्वित हुने कुरामा आफु विश्वश्त रहेको बताए ।
सुर्खेत र लम्की शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८१ पुगेकोे पनि बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी