बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

५.८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्यसहित कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट (पूर्णपाठ)

आइतबार, ०१ असार २०७६, १७ : १९
आइतबार, ०१ असार २०७६

काठमाडौं– कर्णाली  प्रदेशमा आगामी वर्ष ५.८ प्रतिशतको आर्थिक बृद्धिदर हुने अपेक्षा सहित ३४ अर्ब ३५ करोडको बजेट सार्वजनिक भएको छ । आर्थिक मालिामन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गरेका हुन् । 
यस प्रदेशले सडक, पूवार्धार, उर्जा, खानेपनी लगायतका क्षेत्रलाई बिशेष महत्व दिएर बजेट ल्याएको छ । कर्णली प्रदेशले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

आन्तरिक राजस्वबाट २५ करोड १० लाख ४१ हजार, चालु आर्थिक बर्षको बाँकी रहेको बजेटबाट ८ अर्ब ९४ करोड ७४ लाख ५४ हजार, राजस्व बाँडफाँटबाट ७ अर्ब ४४ करोड ४३ लाख प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडबाट २ करोड ७४ लाख र समानिकरण अनुदानबाट ९ अर्ब ८४ करोड ८३ लाख र शशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख रुपैयाँ बेहोर्ने बजेटमा भनिएको छ । 

यसैगरी समपुरक र विशेष अुनदानबाट १ अर्ब ८१ करोड २ लाख रुपैयाँ हुने अनुमान छ । यो प्रदेशले ७५ करोड आन्तरिक ऋण परिचालन गर्ने भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप