शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाटा र एनसीएचएल बीच विद्युतीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

आइतबार, ०१ असार २०७६, १६ : ४३
आइतबार, ०१ असार २०७६

काठमाडौं–नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) र नेपाल क्लियरिङ हाउस बीच  विद्युतीय भुक्तानी प्रणाली लागु गर्ने सम्झौता भएको छ । नाटाका सदस्य ट्राभल एजेन्टहरु र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी कारोबारहरु गर्न मिल्ने गरी भुक्तानी प्रणालीहरुको व्यवस्था गर्ने सम्झौता भएको हो ।

उक्त समझदारीमा नाटाका अध्यक्ष सि.एन. पाण्डे तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारी अन्तर्गत नाटाका सदस्य ट्राभल एजेन्टहरुले कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीको पेमेन्ट गेटवे आफ्नो वेबसाइटमा इन्टिग्रेट गरी ग्राहकहरुले सोझै अनलाईनबाट विभिन्न ट्राभल सेवाहरुका भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरुले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरुलाई www.connectips.com अथवा यसको मोबाईल एप्स्को प्रयोग गरी अथवा आबद्ध ४९ बैंक तथा वित्तिय संस्थाहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् । उक्त प्रणाली प्रयोग गरी आफ्ना सदस्य ट्राभल एजेन्टहरुको भुक्तानी कारोबारहरुलाई सहजीकरण गर्नुका साथै नाटालाई गर्नु पर्ने वार्षिक एवं अन्य सदस्यता शुल्कहरुको भुक्तानीहरु पनि यसै अनलाईन प्रणालीबाट प्राप्त गर्न सक्नेछन् । 

सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपाल भरीका ट्राभल तथा टूर एजेन्टन्सहरुको भुक्तानी तथा नगदप्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुबै संस्थाहरुले लिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप