शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिस इन्डियाको मन्चमा कट्रिनाको धमाकेदार नृत्य

आइतबार, ०१ असार २०७६, १५ : ५१
आइतबार, ०१ असार २०७६

मुम्बई – ‘मिस इन्डिया २०१९’को मन्चमा अभिनेत्री कट्रीना कैफले धमाका मच्चाएकी छन् । उनले प्रतियोगिताको स्टेजमा धमाकेदार नृत्य प्रस्तुति मार्फत सबैको मन जितेकी हुन् । 

नृत्यको दौरानमा स्टेजमा कट्रिना निकै हट देखिएकी छन् । अहिले कट्रीनाको नृत्य दौरानका केही तस्बिर सार्वजनिक भएका छन् । सार्वजनिक लगतै तस्बिर भाइरल समेत भएका छन् । 

केही पहिले प्रतियोगीताका लागि डान्स प्रक्टीक्स गर्दै गर्दाको उनको तस्बिर समेत बाहिर आएको थियो । सो समय उनको नृत्यका नयाँनयाँ मुब्स र लूक्स सार्वजनिक भएक थिए ।

प्रतियोगितामा नोरा फतेरी, मौनी राय, विक्की कौसल लगायतले समेत नृत्य प्रस्तुति दिएका थिए । ‘मिस इन्डिया’ शनिबार राती मुम्बईको सरदार वल्लभभाई पटेल इन्डोर स्टेडियममा आयोजन भएको थियो । जसमा सुमन रावले शिर्ष उपाधि हात पारेकी थिइन् । 
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप