रुसमाथि साइबर आक्रमण बढाउँदै अमेरिका
एजेन्सी । अमेरिकाको चर्चित पत्रिका ‘न्यु योर्क टाइम्स’को रिपोर्ट अनुसार अमेरिकाले रुसको विद्युतीय पावर ग्रिडमाथि आक्रमण बढाएको छ ।
साथै भावि दिनमा दुई देशबीच युद्धको अवस्था आएमा ती प्रणालीमा क्षती पु¥याउन सकिने खालेको सामाग्री (मालवेयर) पनि प्रणालीमा छाडिएको रिपोर्टमा जनाइएको छ ।
टाइम्सका अनुसार रुसी पावर ग्रिडको त्यति भित्र गएर हालसम्म ‘मालवेयर’ राख्ने प्रयास भएको थिएन ।
यो कदम चेतावनी दिन उठाइएको बताइएको छ । भावि दिनमा रुससँग ठूलो द्वन्द सुरु भएमा साइबर आक्रमण पनि युद्धको एउटा प्रमुख हिस्सा हुनेछ ।
पत्रिकासँग कुरा गर्ने क्रममा ट्रम्प प्रशासनका दुई शिर्ष अधिकारीले रुसी पावर ग्रिडमा राखिएको कम्प्युटर कोडको विवरणबारे डोनाल्ड ट्रम्पलाई पनि कुनै पनि जानकारी नदिइएको बताए ।
पेन्टागन र गुप्तचर निकायका अनुसार ट्रम्पले नयाँ जानकारीलाई के गर्ने हुन् भन्ने अनिश्चितताका कारण उनीलाई नभनिएको हो ।
सन् २०१७ मा ट्रम्पले अत्यन्त गोप्य सूचना ह्वाइट हाउसमा भएको भेटघाटका क्रममा रुसी विदेशमन्त्री र अमेरिकाको लागि रुसी राजदूतलाई दिएका थिए ।
सो घटनाको वाशिन्टन पोष्टले खुलासा गरेको थियो जसलाई सीएनएनले पछि पुष्टि गरेको थियो ।
वर्तमान र पूर्व अधिकारीले न्युयोर्क टाइमलाई बताए अनुसार अमेरिकाले कम्तिमा पनि सन् २०१२ देखि रुसी पावर ग्रिडमा सैन्य हिसाबले निगरानी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
-
रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कार घोषणा
-
पोखरा बसपार्कमा कहिले चल्छ डोजर ?
-
दुई दिने बिदा पुनर्विचार गर्दै कोशी प्रदेश
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण