पाँच नम्बर प्रदेशमा आज मुख्यमन्त्रीले बजेट प्रस्तुत गर्दै
बुटवल– पाँच नम्बर प्रदेशमा आज मुख्यमन्त्रीले बजेट प्रस्तुत गर्दै छन् । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज सबै प्रदेशले एकसाथ बजेट ल्याउँदैछन् । सबै प्रदेशमा बजेट पेश गर्न दिउँसो प्रदेशसभाको बैठक बोलाइएको छ । प्रदेशसभाका बैठकमा सबै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट प्रस्तुत गर्ने छन् ।
संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारहरुले असार १ गते र स्थानीय तहले असार १० गते बजेट ल्याउनु पर्ने हुन्छ । संघीय सरकारले अनुदान तथा आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका छन् ।
यसैबीच प्रदेश ५ को बजेट आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नेछन् । अन्य प्रदेशमा भने अर्थ मन्त्रीले बजेट पेश गर्नेछन् ।
प्रदेश ५ मा ३४ अर्बको बजेटको तयारी गरिएको छ । प्रदेश सरकारमा संघीय सरकारबाट समानिकरण वित्तिय अनुदानबाट प्राप्त ७ अर्ब ५४ करोड १ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, ससशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख बजेट छ । चालू आर्थिक वर्षको पूँजिगत तर्फको १६ अर्बको केही रकम खर्च नभई सञ्चित हुनेछ । सो रकम समेत गरी ३४ अर्बको बजेट बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा दुई जना मन्त्री थपिँदै
-
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
-
सुप्रिम सहकारी घोटाला प्रकरण : ४ जनाको बयान जारी
-
नेविसंघको आज स्थापना दिवस : पालिकालाई बुझाइयो शैक्षिक सुधारको ज्ञापनपत्र
-
कर्णालीमा किचलो : मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा उल्झन
-
भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती