पाकेटमारबिरुद्ध प्रहरीको विशेष अभियान : ४ महिलासहित ८२ पक्राउ
काठमाडौँ जिल्लामा संचालन हुने सार्वजानिक सवारी साधनहरुमा पाकेटमारी तथा चोरीका घटनामा संलग्न ८२ जनलाई प्रहरीले पक्राउ गरेको छ ।
परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सार्वजनिक यातायातमा पाकेटमारी र चोरी बढेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँले जेठ महिनासम्म विशेष अभियान चलाएको थियो ।
जस अन्तरगत यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधनमा यात्रा गराइएको थियो ।
सादा पोसाकका प्रहरीले बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरुको साथबाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा–चोर्दै उनीहरुलाई रङ्गे हात पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा ७८ पुरुष र ४ महिला पाकेटमार रहेका छन् ।
सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २–२ जनाको दरले ६ जनासम्मको समूह बनाई बसभित्र छिर्ने गरेका थिए । पैसा भएको यात्रु पत्ता लगाई अगाडी–पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेलको अवस्था बनाई मौका छोपेर मोवाइल, नगद र सुनचाँदी पकेटमारी गरेर पालो पालो गरि ओर्लने देखीएको बोगटीले बनाए ।
पाकेटमारहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा पनि प्रयोग गर्ने गरेको खुलेको छ ।
यस्ता छन् पाकेटमारले प्रयोग गर्ने सांकेतिक भाषा :
पैसा - द , मोवाईल - कान, पकेटमारी पिडित - रामे
पकेटमारी गर्ने (मास्टर) - काशी, पैसा धेरै छ - टानको दपैसा थोरै छ जुटको द , गाडी -कांचा,
केटा - छापा, केटी -भद्रि पुलिस आयो ठल्दाई आयो , ड्राईभर - माम,खलासी- मले
गाडीवाट झरेर भाग-टप्की
गाडी भित्र अगाडी सर - अकल जा
गाडी भित्र पछाडी सर - चिछल जा
उनीहरुमाथि आवश्यक कानूनी कारवाही गरी थप अनुसन्धान भइरहेको छ ।