शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लेखक विकलचन्द्र आचार्यको पुस्तक बिमोचन

आइतबार, ०१ असार २०७६, १४ : १३
आइतबार, ०१ असार २०७६

काठमाडौं– बेलायतमा लामो समयदेखि बसोबासरत अर्थ ब्यबस्थापनका जानकार विकलचन्द्र आचार्यको पुस्तक ‘बेलायतको वित्तीय अवलोकन’ बिमाेचन गरिएको छ । 

राजधानीमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष एवं पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले पुस्तकको बिमोचन गरेका हुन् । बेलायतको वित्तीय अवधारणा समेटेर लेखिएपनि नेपाली सन्दर्भ जोडिएकाले पुस्तक निकै उपयोगी रहेको क्षेत्रीले बताए । ‘पुस्तक धेरै नै उपयोगी र सूचनामूलक छ,’ उनले भने, ‘देश बाहिर बसेर पनि मातृभूमीलाई यत्तिको योगदान दिन सक्नु ठूलो कुरा हो ।’

राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक नरबहादुर थापा र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पुस्तकमाथी टिप्पणी गरेका थिए । 

पुस्तकमा बेलायतको वित्तीय सामर्थ, बैंकिंङ  इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउण्ड स्टर्लिंगको अवस्था, सम्पत्ति सुद्दिकरण, बिमा, ब्रेक्जिट, औद्योगिक क्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रका विविध बिषय समावेश छन् ।  

बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्रवृत्ति पाएर बिसं २०५० मा बेलायत पुगेका लेखकले शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका छन् । यसअघि आचार्यका लन्डनमा मुटु दुख्दा, कोरोनरी मुटुरोग, बेलायती आँगनमा गोर्खाली सुवास र मोह गरि चार कृति प्रकाशित भइसकेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप