शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिजुलीको बिल चेक गर्ने बाहानामा ७ महिलाको हत्या गरी लाशसँग ‘सेक्स’

आइतबार, ०१ असार २०७६, १३ : ०५
आइतबार, ०१ असार २०७६

एक ‘सिरियल किलर’ले बिजुलीको बिल चेक गर्ने बाहानामा घर भित्र छिरेर सात महिलाको हत्या गरेको छ । पश्चिम बंगाल प्रहरीले आइतबार एक्लै महिला भएको घरमा छिरेर हत्या गर्ने कमरुजमां सरकारलाई पक्राउ गरेको हो । 

उनले महिलाको हत्या गरी लाशसँग ‘सेक्स’ गर्ने गरेका थिए । त्यसपछि घरमा भएका बहुमूल्य सामान लिएर भाग्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

‘द इन्डियन एक्सप्रेस’ को समाचारमा उल्लेख भएअनुसार ४८ वर्षीय कमरुजमां सरकार पेशाले स्क्र्याप ट्रेडर (कवाडी व्यापारी)  हुन् । उनका ३ सन्तान छन् । 

उनी बिजुलीको मिटर चेक गर्ने बहानामा महिला घरमा एक्लै भएको समयमा जाने गर्थे । एक पीडित महिलाको अनुसार गत मार्च महिनाको दिउँसो उनी उक्त उक्त पीडित महिलाको घरमा छिरे । पति खेतमा काम गर्न गएका थिए । कमरुजमांले बिजुलीको बिल चेक गर्न आएको बताएपछि उक्त महिलाले उनलाई घरभित्र आउने अनुमति दिएकी थिइन् । घरभित्र पस्ने वित्तिकै उनले महिलामाथि आक्रमण गरे र स्टीलको तारले उनको घाँटी दबाउने कोसिस गरे । उनी बहोश भइन् । बेहोश भएपछि मरिसकेको ठानेर शारिरीक सम्बन्ध राख्ने कोसिस गरेपछि उनी चिच्याइन् । त्यसपछि आरोपी भागेका थिए । 

प्रहरीले गत जुन महिनादेखि नै पीडित महिलाको बयानको आधारमा बनाएको स्केचको आधारमा खोजी कार्य जारी राखेको थियो । 

उनी २०१३ देखि नै महिलाको हत्यामा संलग्न रहेको खुलेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप