बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सगरमाथाको काखमा भारतीय राजदूतावासले मनायो योगा दिवस (फोटोफिचर)

आइतबार, ०१ असार २०७६, १३ : ००
आइतबार, ०१ असार २०७६

काठमाडौं–काठमाडौं स्थित भारतीय राजदूतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चेबजारमा एक योगा कार्यक्रमको आयोजना गरेको छ।  

 सो कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी तथा राजदूतावासका पदाधिकारी लगायत सोलुखुम्बुको महिला तथा युवा समूहका सदस्यहरु, खुम्जुङ्ग र खुन्दे खानेपानी व्यवस्थापन समिति, खुम्जुङ्ग र खुन्दे महिला तथा युवा समूह, सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारी, एभरेस्ट भ्यू होटलका कर्मचारी तथा ठूलो संख्यामा स्थानीय बासिन्दाहरुको सहभागीता थियो । 

योगा दिवसको सो कार्यक्रममा अनेक विदेशी पर्यटक, पर्वतारोही तथा अनुसन्धानकर्ताहरुले पनि सहभागीता जनाएका थिए ।

 कार्यक्रमको मुख्य उद्देश्य दैनिक जीवनमा योगको महत्व उजागर गर्नुका साथै देश, महादेश तथा समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्यता स्थापना गर्नु रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

 समुद्र सतहदेखि १७ हजार ६०० फिट उचाइमा रहेको सगरमाथाको आधार शिविरमा पहिलो पटक योगा दिवस मनाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप