बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई सांसदको चेतावनी : ढुङ्गामा मुड्की बजार्दा हात भाँचिन सक्छ

आइतबार, ०१ असार २०७६, १२ : ३४
आइतबार, ०१ असार २०७६

काठमाडौँ– प्रमुख प्रतिपक्ष दलका संसदहरुले संसदमा गुठी विधेयकको चर्को विरोध गरेका छन् । आइतबारको बैठकमा उनीहरुले विधेयकले नेपाल र नेपालीको संस्कृति र सभ्यतामाथि प्रहार गरेको भन्दै विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरे ।

बैठकमा काँग्रेसकी सांसद लक्ष्मी परियारले गुठी विधेयक मार्फत सरकारले नेपाल र नेपालीको संस्कृति र सभ्यतामाथि प्रहार गर्ने काम गरेको भन्दै विरोध गरिन् । सांसद परियारले सरकारले किसानको नाममा धर्म, संस्कृति र परम्परालाई मास्दै कार्यकर्ता पोस्ने प्रयत्न गरेको आरोप लगाइन् । 

उनले सरकारले गुठी विधेयकका सवालमा आफ्नो शक्ति देखाउने प्रयत्न गरे सरकार स्वयमलाई त्यसले नोक्सानी पुर्याउने चेतावनी दिइन् । 

‘शक्ति र बल छ भन्दैमा फलाममा गएर मुड्की बजार्दैमा, सिमेन्टको भित्तामा गएर मुड्की बजार्दैमा र ढुङ्गामा मुड्की बजार्दैमा त्यो हात सफल रहन्छ भन्ने छैन । त्यो घाउ चोट हुन सक्छ । त्यो हात भाँचिन सक्छ । निकै नहुने गरी चोट लागेर क्यान्सर भएर झर्न पनि सक्छ । सरकारले थाहा पाओस् कि नेपालमा गुठी विधेयकलाई लिएर संविधानलाई नै मास्ने प्रयत्न गरेको छ , त्यो प्रयत्न क्यान्सरको रुपमा भोली खडा हुनेछ’ सांसद परियारको चेतावनी छ । 

उनले गुठी व्यवस्था आफैमा सम्पदा भएको भन्दै सम्पदा मास्ने काम कांग्रेसलाई स्वीकार्य नहुने बताइन् ।

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

लोकसेवा आयोगले निकालेको विज्ञापन संविधान विपरित भएको भन्दै सच्याउन बारम्बार सचेत गराउदा पनि सरकारले वेवास्ता गरेको भन्दै उनले संविधानमा उल्लेखित समानुपातिक समावेशी व्यवस्था कार्यान्वयनमा गम्भीर बन्न सरकारलाई सचेत गराए ।

सभामुख महराले आईतबारको बैठक सुरु भएको जानकारी गराउना साथ नेपाली काँग्रेस र राजपाका सांसदहरुले उठेर ध्यानाकर्षण गराएपछि सभामुखले नेपाली कांग्रेसकी सांसद परियार र राजपाका सांसद यादवलाई बोल्नका लागि समय दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप