बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मन्दिर, मुर्ति र गुठियारको लागि बोल्ने, किसानको लागि बोल्नै नहुने : सांसद चौधरी

'मान्छेलाई रुवाएर हास्ने भगवान कहाँ हुन्छ ?’
आइतबार, ०१ असार २०७६, १२ : २३
आइतबार, ०१ असार २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद शान्ता चौधरीले गुठीसम्बन्धी विधेयकबारे अनावश्यक रुपमा नकारात्मक ढंगले प्रचार गरिएको बताएकी छिन् ।

व्यवस्थापिक संसदको बैठकमा बोल्दै चौधरीले प्रस्तावित विधेयकमा मौलिक संस्कृति, पूजाआजा र जात्राविरुद्ध केही विषय उल्लेख नभएको र नकारात्मक ढंगले भइरहेको टिप्पणीप्रति आफू अचम्मित परेको बताएकी हुन् ।

उनले विधेयक प्रचार गरेजसरी संविधान विपरित नभएको पनि जिरिक गरिन् ।

‘गुठी विधेयक अहिले आएको विषय होइन । यो ४१ सालदेखि ६४ सालको अवधिमा पटक–पटक संशोधन भएको छ,’ चौधरीले भनिन्, ‘४९ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यो विधेयकमा संशोधन ल्याएका थिए । तत्कालिन प्रधानमन्त्री शेरबाहादुर देउवाको पालमा पनि विधेयक दर्ता भएको थियो । तर, त्यो पास हुन सकेन ।’

‘प्रतिपक्षका माननीयहरुले त्यतातिर फर्केर हेर्नुपर्छ कि पर्दैन,’ उनले प्रश्न गरिन् ।

चौधरीले गुठीबारे काठमाडौँ उपत्यका र बाहिरको समस्या एकै प्रकृतिको नभएको बताउँदै यो विधेयकले सो समस्यलाई सम्बोधन गर्ने प्रयास गरेको जिकिर गरिन् ।

‘दाङमा स्वर्गद्वारी गुठीको १२ सय विघा जमिन १६ सय घरधुरी परिवारले जोतभोग गरिरहनुभएको छ,’ उनले भनिन्, ‘तर जुन किसानले मन्दिर जोगाउन हातमा ठेला उठाए, आज ति किसानको अवस्था दयनीय छ । मोही किसानको अवस्था नाजुक छ ।’

‘आज मन्दिर, मुर्ति र गुठियारको पक्षमा चर्को गरी बोलिन्छ । तर, गरिब सर्वहारा किसानको लागि बोल्नै नहुने ?,’ उनले प्रश्न गरिन्, ‘एउटा निश्चित वर्गको लागि बोल्ने हो भने किन चाहियो गणतन्त्र ?’

उनले धर्म हाम्रो आस्था भए पनि ‘मान्छेलाई रुवाएर हास्ने भगवान कहाँ हुन्छ ?’ भन्दै प्रश्न गरिन् ।

‘गरिबको आँशु देखेर प्रतिपक्षलाई दया लागेन ?,’ उनको प्रश्न थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप