बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश लोकसेवा आयोग गठन तत्काल गर्न निर्देशन

शनिबार, ३२ जेठ २०७६, २२ : ०८
शनिबार, ३२ जेठ २०७६

बुटवल । प्रदेश पाँच संसदको प्रदेश मामिला तथा कानुन समितिले प्रदेश लोकसेवा आयोग गठन गर्न प्रदेश सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

 समितिको आज बसेको बैठकले लोकसेवा सम्वन्धी कानुन बनिसकेको अवस्थामा तत्काल आयोग गठन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

 समितिका सभापति दामाकुमारी शर्माका अनुसार बैठकले प्रदेश निजामति सेवा विधेयकको प्रक्रिया तत्काल अगाडी बढाउन पनि सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।  बैठकमा प्रदेशमा रहेका जेलहरुको अवस्थाका बारेमा पनि छलफल भएको थियो । छलफलका क्रममा जेलहरुमा कैदीवन्दीहरु राख्ने क्षमता भन्दा बढी रहेको तथा भौतिक संरचना पनि कमजोर रहेको कुरा उठेको थियो ।

बैठकले जेलहरुको अनुगमन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले बुटवल १ मा श्री ३ बडामहारानीका नाममा रहेको जग्गामा वसेका १६ परिवारहरुको झुपडीमा डोजर लगाएको प्रति ध्यानाकर्षण भएको समितिले जनाएको छ । त्यहाबाट विस्थापित भएकाहरुको वैकल्पिक ब्यवस्थाका लागि सरकारसग आवश्यक छलफल गर्ने निर्णय बैठकले गरेको छ । समितिको बैठकमा भोजप्रसाद श्रेष्ठ, सुरेन्द्र हमाल, सरस्वति गौतम, भगवति भण्डारी, भुवनेश्वर चौधरीले विभिन्न विषयमा धारणा राखेका थिए । लोक सेवाको बिद्येयक २ नम्वर प्रदेशमा व्यापक विवाद भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप