मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी विधेयकको विरोध: तस्बिरमा हेर्नुहोस् काठमाडौं र भक्तपुरको प्रदर्शन

शनिबार, ३२ जेठ २०७६, २२ : ०१
शनिबार, ३२ जेठ २०७६

काठमाडौं– सरकारद्वारा प्रस्तुत गुठीसम्बन्धी विधेयक फिर्ता लिइनुपर्ने माग गर्दै शनिबार काठमाडौं र भक्तपुर प्रदर्शन भएको छ । 

शनिबार दिउँसो भक्तपुरको दुधपाटीबाट सुरु भएको विरोध जुलुस बंशगोपाल, टौमडी, सुकुलढोका हुदैं दतात्रयमा पुगेर कोण सभामा परिणत भएको थियो । 

गुठी संरक्षण समिति भक्तपुरद्धारा आयोजित उक्त कार्यक्रममा प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, सम्पाद हाम्रो प्राण हो, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अब जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए ।

विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गरि ठेकेदार प्रथालाई कायम गर्न सरकारले गुठी विधेयक ल्याईएको भन्दै उनीहरुले नाराबाजी समेत गरे । 

सरकारले मुलुकभरका गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन् । 

यस्तै काठमाडौंको बसन्तपुरमा पनि सरोकारवालाले प्रदर्शन गरेका छन् । सिट्टी, घण्ट, बमरु, शंखलगायत बजाएर प्रदर्शनमा सहभागि भएका उनीहरुले गुठी विधेयक फिर्ता लिन चर्का नाराबाजी समेत गरेका थिए ।  आजै राजधानीको बूढानीलकण्ठलगायतका स्थानमा पनि विधेयकको विरोध गर्दै प्रदर्शन भएका थिए । 

गुठी विधेयकको विरोधमा राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएको छ । 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप