बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परम्परा, धर्म, संस्कृति र सभ्यतामाथि प्रहार गर्न खोजियोः काँग्रेस

शनिबार, ३२ जेठ २०७६, २१ : ४१
शनिबार, ३२ जेठ २०७६

काठमाडौं– नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले नेपालको परम्परा, धर्म, संस्कृति र सभ्यता माथि प्रहार गरेको निष्कर्ष निकालेको छ ।

काँग्रेस संसदीय दलले शनिबार गुठी सँग सम्बन्धित विज्ञहरु,  गुठियार प्रतिनिधि तथा सरोकारवालासँग गरेको छलफलबाट सो निष्कर्ष निकालेको हो । 

‘सरकारद्वारा प्रस्तुत गुठी सम्बन्धि कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले नेपालको परम्परा, धर्म, संस्कृति र सभ्यता माथि प्रहार गरेको छ । यो विधेयक नेपालको संविधानको प्रावधान र व्यवस्थाको समेत प्रतिकूल छ भन्ने बैठकको ठहर छ ’ बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैठकले सरकारले प्रस्तुत गरेको गुठी सम्बन्धि विधेयकलाई तुरुन्त फिर्ता लिन पनि माग गरेको छ । गुठी विधेयक फिर्ता गराउन गुठीयारहरु र यस सँग सरोकार राख्ने सम्बन्धित सबै पक्षबाट भइरहेको आन्दोलनलाई आफूहरुको समर्थन रहने समेत काँग्रेसले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप