शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा ट्रकले किच्दा महिला र बालिकाको मृत्युु

शनिबार, ३२ जेठ २०७६, २१ : ३२
शनिबार, ३२ जेठ २०७६

रौतहट । रौतहटमा इट्टा बोकेको ट्रकले किचेर एक गर्भवती महिला र बालिकाको मृत्युु भएको छ ।

कटहरियाबाट इट्टा बोकेर गरुडातर्फ जाँदै गरेको लुु१प ३५६४ नम्बरको ट्रकले गरुडा कटहरिया सडकखण्डमा पर्ने एसपिएल इट्टाभटा  नजिकै ना२१प ४७ नम्बरको मोटसाईकललाई ठक्कर दिएपछि किच्दा दुई जनाको मृत्यु भएको हो । 

ज्यान गुमाउनेमा मोटरसाइकलमा पछाडि बसेकी ४० बर्षिया सुुगन्धी देवी र ६ बर्षिया छोरी रहेका छन् । 

मोटरसाइकल चालक सुगन्धीदेवीका श्रीमान कटहरिया १ भसेढवाका दिलिप साह कानुु भने अर्कोतर्फ खस्दा बाच्न सफल भएका छन् । 

घटनालगत्तै मृतकका आफन्तहरुले दुुर्घटनामा परेका ट्रकमा आगजनीको प्रयास गरेका थिए ।

मृतक महिला र बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको  तथा दुर्घटनामा परेको ट्रक र मोटरसाईकल नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुलसीराम अर्यालले जनाए । 
ट्रकका चालक र सहचालक घटना लगत्तै फरार भएको र उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप