बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा करेन्ट लागेर एक महिलाको मृत्यु

शनिबार, ३२ जेठ २०७६, १८ : ४६
शनिबार, ३२ जेठ २०७६

बाँकेको जानकी गाउँपालिका–१ बडैया गाउँमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । 

आफ्नै घरमा कुचो लगाउँदै गर्दा २० वर्षीया अनिता गुप्तालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

उनका अनुसार मृतकका बुबाले अटो रिक्सा चार्ज गर्न जोडेका बेलामा आँगनमा कुचो लगाउँदै गरेकी अनितालाई एक्कासी करेन्ट लागेको थियो । 

यसैबीच बाँके राप्ती सोनारीको बिनौना हरिहरपुर जोड्ने पुल निर्माणको कार्यमा संलग्न एक भारतीय मूलको मजदूरको मृत्यु भएको छ । 

शुक्रबार साँझ पुलको पिल्लर बनाउने क्रममा चोट लागेर गम्भीर घाइते भएको भारत पश्चिम बङ्गाल मालदाको १८ वर्षीय मरिउल स्लामको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले आज जनाएको छ । 

प्रहरीले दुवैको शव आवश्यक अनुसन्धान पूरा गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप