शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी विधेयक फिर्ता नलिए कांग्रेसले संसद र सडकबाट सशक्त प्रतिकार गर्छ : शेखर कोइराला

शनिबार, ३२ जेठ २०७६, १८ : ११
शनिबार, ३२ जेठ २०७६

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानसँग बाझिने गरी ल्याईएको गुठी सम्बन्धी बिधेयक तत्कालै फिर्ता हुनुपर्ने बताउँदै जबर्जस्ती संसदबाट पारित गराउन खोजिए कांग्रेसले संसद र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । 

जनविरोधी गुठी विधेयक र मिडिया विधेयक तत्कालै फिर्ता नलिए सरकारले ठूलो मुल्य चुकाउनुपर्ने उनले बताए । 

डा. कोइरालाले सरोकारवालासँग छलफल बिना नै गुठीको सम्पती हरण गर्ने मनसायले यो विधेयक ल्याएर कम्युनिष्ट सरकारले धर्म, संस्कृति, र जनताको आस्था माथी आक्रमण गरेको बताए । गुठी विधेयकको आडमा सरकारले जातिय द्वन्द्व निम्त्याउन खोजेको पनि बताए । 

‘भू माफिया, मन्त्रिहरु र कर्मचारिको मिलेमतोमा यो विधेयक ल्याइएको छ,’ डा कोइरालाले भने, ‘यदि यो गुठी विधेयक संसदबाट पास भए नेपाल भन्ने शब्द मात्रै रहन्छ । धर्म संस्कृति, परम्परा र मौलिकता सबै समाप्त हुन्छ । त्यसकारण यो विधेयक कुनै पनि हालतमा पास हुन दिदैनौं । सरकारलाई यति मात्र भन्छु ।’ 

काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले गुठी धर्म, संस्कृति, पुरातात्विक सम्पदा र आस्थाको धरोहर भएको पनि बताए । 

कार्यक्रममा काभ्रे कांग्रेसका सभापति मधु आचार्य, पुर्वराज्यमन्त्री कञ्चन बादे, पुर्व सांसदहरु तिर्थ लामा र हर्षजित लामा, क्षेत्रिय सभापतीहरु महेश खरेल र रमेश हुमागाईं, प्रदेससभा उम्मेदवारहरु गणेश लामा र सिबी लामालगायतले सरकार बर्बर निरंकुशतातर्फ अगाडी बढेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप