बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भद्रकाली अगाडि रगत पोख्ने ९ जना पक्राउ

शनिबार, ३२ जेठ २०७६, १७ : २८
शनिबार, ३२ जेठ २०७६

काठमाडौं । राजधानीको भद्रकालीमा प्रदर्शनको क्रममा राँगाको ९ ड्रम रगत बगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले ड्रममा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि हस्तक्षेप गरेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको पुष्टि गरे । 

उनले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । 

राष्ट्रिय स्वयमसेवक दलले नेपाललाई हिन्दुराष्ट्र बनाउने पर्ने माग गर्दै सो प्रदर्शन गरेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप