शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमै गाँजा खेती भेटियो, प्रहरीद्वारा नष्ट

शनिबार, ३२ जेठ २०७६, १६ : ०६
शनिबार, ३२ जेठ २०७६

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिकामा गाँजा खेती हुने गरेको पाइएको छ । तारकेश्वर नगरपालिका–१ कुन्चीपखलमा ५५० रोपनी जग्गामा लगाइएको अवैध गाँजा प्रहरीले नष्ट गरेको छ । 

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बाल नरसिंह राणाको कमाण्डमा खटिएको टोलीले उक्त जग्गामा लगाइएको गाँजा फडानी गरेको जनाइएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५५० रोपनीमा लगाइएको गाँजा खेती तारकेश्वर नगरपालिका वडा नम्बर १ र प्रहरीको संयुक्त टोलीले फडानी गरेको वृत्तका प्रमुख राणाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप