शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वडा कार्यालयमा मध्यरातमा चोरी

शनिबार, ३२ जेठ २०७६, १४ : ०५
शनिबार, ३२ जेठ २०७६

राजविराज(राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति  चोरी भएको छ । चोरले कार्यालयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए । 

चोरले वडाध्यक्षको कार्यकक्षमा  राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य बराबरको सरसमान चोरेको उनले जानकारी दिए। चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप