कविता : बारबेन्दीको पानी
-दिल थापा
बुढो रूखको कापबाट पलाएको
जरुवा पानीमा आजकाल बारबेन्दीको सुगन्ध आउँदैन ।
त्यो पानीमा बारबेन्दीको आइसल्यान्ड पनि बन्दैन
तर पनि आजकाल बारबेन्दी पानी खुब भाइरल छ
आजकाल घामको प्रचण्डले
पानीलाई यसरी दमन गरेको छ
पानी खोलाको बगर भित्रभित्रै भूमिगत भएको छ ।
तर बगरमा उसको बारबेन्दी पहिचानहरू देखिन्छ ।
खोलाको धेरै तल तलसम्म
राजधानीले रेडकार्पेट अछ्याएको सडकको अभाष दिलाउँछ ।
त्यो पानीले राना दाइको
खेतको मुहानलाई आजकाल भेट्न सक्दैन ।
तर पनि आजकाल त्यो पानीको समचार भाइरल छ ।
दिहुल खोलालाई भेट्न
प्रत्येक वर्षको असार श्रावण कुर्नुपर्छ ।
मानादी खोलाले लिई आउने
जागरनको बाढीसँगै
त्यो दिन उसले घामको रापलाई पनि बिर्सन्छे
त्यो दिन उसले घामको तापलाई पनि बिर्सन्छ
अनि भट्काउँछ
नश्लवादको पर्खालहरु
अनि चाट्छ
अख्तियार गरिएको मनुस्मृतिको पोस्टरहरु
त्यसैले आजकाल बारबेन्दी पानी खुब भाइरल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !