केन्द्रीय संस्करण

श्रीमान, हजुरलाई कस्ती श्रीमती चाहियो ?

person explore access_timeजेठ ३२, २०७६ chat_bubble_outline13

-डा. सविता सुवेदी

श्रीमान हजुरलाई  कस्ती श्रीमती चाहियो ?
असल, ज्ञानी, सहनशील 
हुँदा पनि 
तर्क बहस गर्न नसक्ने ग्वाँजे हुन्छु 
उत्तर फर्कायो भने नारी स्वभाव 
हराएको हुन्छु 
अनि जुधिन पुग्छु हजुरका  फलानो फलानो साथीका
 बुढीहरुसँग 
यस्ता छन् उस्ता छन्  
रामायणको कथालाई बेलिबिस्तार लगाउँदा लाग्ने समय 
उनीहरुको प्रशंसा हजुरबाट सुन्दा सुन्दा 
कानको जालीमा  
पनि ठूला ठूला प्वाल परेर 
ती अप्रिय शब्द
 बिनाफिल्टर 
सीधै दिलभित्र लाग्छन्  अनि 
सोध्न मन लाग्छ 
होइन श्रीमान्, हजुरलाई कस्ती श्रीमती चाहियो ?
आँखीभौँ तानेका
परेला हालेका  
कपाल काटेर खैरो हरियो के के रङ 
ठाउँ ठाउँमा हावा खेल्ने प्वाल बनाएका 
कोही त लुगा लगाएको हो कि  नलगाएको घोरिएर 
मात्र पत्तो लाग्ने केटीका
तस्बिर देखाउँदै 
दुईवटा छोराछोरी कि आमा मलाई 
जुधाउने हजुरसँग वाक्क म 
पार्लर गएर कपाल, अनुहार
 पसल गएर तिनै केटीले लगाएजस्ता 
कपडा किनु भने पनि  
 नीति, नियमावली, मापदण्ड या निर्देशिका सबै 
तयार गर्ने हजुर 
हजुरलाई बुझ्न नसकेर ट्वाल्ल 
परेको म 
राम्री हुन खोज्दा पनि बेठिक 
नराम्री भए पनि बेठिक 
लौन  भन्दिनुपर्याे 
 महोदय, हजुरलाई कस्ती श्रीमती चाहियो ?


मृत्यु र जीवनसँग जुधेर छोराछोरीको 
जीवन सुरु गर्दै रेखदेख गर्दा गर्दै आफू र 
आफ्नो शरीरको रूप बिग्रेको पत्तो 
नपाएकी मलाई 
मेरो शारीरिक बनावटमा 
 प्रश्न खडा गरेर
मेरो हविगत थाहा दिने हजुर 
बच्चाबच्चीको पनि अपेक्षा राख्ने 
अनि कुमारी केटीको जस्तो शरीर खोज्ने 
मोटी भए नि नहुने 
पातली भए नि नहुने 
छोरा छोरी नपाए पनि नहुने 
पाए पनि हजुरको ख्याल
कमी भएको 
अनि मेरो शरीर बिग्रेको ठान्ने 
स्वामी, हजुरलाई कस्ती श्रीमती चाहियो ?  


घरको काम मात्रै गरेर 
बसुँ भने पनि म
हजुरका लागि 
दुब्ला तर  भुँडे गाईभैँसी पालेको भन्दा पनि 
बढ्ता  हुन्छु 
बाहिर काम गरूँ भने पनि 
गैरजिम्मेवार 
घमण्डी महामहिम हुन्छु 
दुवै गर्दा 
घर परिवार हजुरको रेखदेखमा भएका  
कमजोरी  खोतल्दै
किचकिच गरिरहने हजुर 
अनि हजुरले चाहेजस्तो हुन नसकेकी म 
भने जस्तो श्रीमती नभएर दुखी हजुर 
हजुरको दुःख देखेर निराश म  
यति मात्रै भनिदिनुपर्याे 
प्यारा, हजुरलाई कस्ती श्रीमती चाहियो ?

फेसबुक भाइबर, टिकटक इत्यादिको 
ज्ञान राखूँ भने पनि 
हुँदैन 
नराखूँ भने पनि 
केही थाहा नभएको पाखे 
नाच्न सिकूँ भने उत्ताउली 
नजान्दा जोडी सुहाएन 
कसैसँग बोलु हाँसु भने पनि 
आँखा तर्ने हजुर 
घोडालेझैँ कतै नहेरी
कसैसँग नबोलूँ भने पनि 
असामाजिक हुन्छु 
हुँदाहुँदा खाना खाने तरिका 
पानी  पिउने तरिका 
नुहाउँदा, लुगा धुँदा जे गर्दा पनि बेठिक म 
लौन सुन्न पाऊँ 
ए हजुर, हजुरलाई कस्ती श्रीमती चाहियो ?

के गरूँ नगरूँ 
सधैँ दोधार भएर 
भित्रभित्रै भुटभुटिएर 
पकाउन राखेको फलफूलभन्दा 
बढ्ता गुम्सिएको म 
हजुरको नजरमा राम्री हुन्छु 
भन्दा भन्दा 
राम्रो के हो छुट्याउन 
तोरी र सर्सिउँ 
अलग बनाउनुभन्दा पनि कठिन 
परेर 
केही गर्न नसकेर हालत खराब 
भएपछि 
यो प्रश्नलाई महत्त्व दिएर 
उत्तरको आस गरेर कुरिरहेकी म 
हजुरको ओठ चल्छ कि भनेर हेरिरहेकी छु 
प्रिय श्रीमान्, हजुरलाई कस्ती श्रीमती चाहियो ?


 

कमेन्ट

  1. Aug. 18, 2019, 8:51 a.m. Kamal Krishna Joshi
    Thanks to Dr. Sabita Subedi for writing on a very common and important truth overlooked todate. It’s also a lesson to those husbands who are not aware of their mistakes.
  2.  1 Reply
  3. Aug. 18, 2019, 8:23 a.m. Kamal Krishna Joshi
    Ati ramro kavita. Dr. Sabita Subedilai badhai. It may be the expression of millions of married women of the world. Whenever I come across such a good creation, a single question rises in my mind- “why it was not written before by anybody?” Congratulations to Dr. Subedi. And many many thanks to her for raising a common problem of women and also educating those spouses who are unaware of their mistake.
  4.  0 Reply
  5. June 24, 2019, 12:03 a.m. ram paudel
    Fantastic and true!!! I couldn't stop myself after reading this precious piece! Wow!!! This is my first comment in my life after reading so many writings. Keep it up!!!
  6.  1 Reply
  7. June 22, 2019, 4:06 p.m. Sumitra Pradhan
    भन्नू र नभन्नु सबैको यहि अनुभव हुन्दो रहेछ। आफ्नो शक्ति भय सम्म त म स्वाबलम्बी हुन्छु।मेरो घर बलियो बनाउन्छु र मेरोसन्तान लाई राम्रो बाटो मा पुर्याउन्छु भन्दै कसैको वास्ता नगरी आफ्नो 3/4 जीवन बितिसकेको हुन्छ। लौ अब खान लाउन पुगेकोहुन्छ,सन्तान उच्च स्थान्मा पुगेकोहुन्छ, आफ्नो शरीर कामगर्न नसक्ने हुन्छ।सन्तान्को आफ्नै जीवन मा ब्यस्त हुन्छन। तेतिबेला के गर्ने त?
  8.  1 Reply
  9. June 18, 2019, 10:26 p.m. Jyoti Budhathoki
    Samaya sapakshya anusaar sarai raamro lekh lekhnu bhako chha aagami dinmaa pani yestai lekh haru ko aapakshya
  10.  1 Reply
  11. June 18, 2019, 1:24 p.m. anita
    wawooo kasto ramro lakhnu vko sayad yo sansar ma 80%mahela haru yastai voge raheko hunx tasma hame pne huna sakx i like very much
  12.  1 Reply
  13. June 17, 2019, 9 p.m. कृष्ण प्रसाद न्यौपाने
    मेरो मन छोयो । मैले मेरी श्री मति जी लाई पनि मैले पधेर सुनाए छोरा लाई पनि पढना भनेको छु ।
  14.  1 Reply
  15. June 17, 2019, 12:30 p.m. Kumar gautam
    Man choyo bastabikta ko darsan garayo Dherai dherai ramro xa bujhna sakne lai
  16.  1 Reply
  17. June 16, 2019, 10:58 a.m. Sabita Subedi
    Thank you..
  18.  0 Reply
  19. June 15, 2019, 10:04 p.m. Bhojan Dhakal
    धेरै मार्मिक कविता छ है
  20.  1 Reply
  21. June 15, 2019, 8:35 p.m. Dil
    Malai Hajur jasti sri mati chaiyo
  22.  1 Reply
  23. June 15, 2019, 2:03 p.m. Yam pd gaire
    Nice exact
  24.  2 Reply
  25. June 15, 2019, 12:17 p.m. Dipa joshi
    100% right mam
  26.  2 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...