भारतको झारखण्डमा माओवादी आक्रमण, ५ प्रहरीको घटनास्थलमै मृत्यु
बीबीसी । भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् ।
आक्रमणबाट पाँच प्रहरीको मृत्यु भएको छ । मर्नेमा दुई असई र तीन कन्स्टेबल छन् ।
प्रहरीका अनुसार घटना पश्चिम बंगालसँग जोडिएको तिरुलडी थाना क्षेत्रमा भएको हो ।
आक्रमणमा परेका प्रहरी सवार गाडी झारखण्डका कुकडूमा लाग्ने साप्ताहिक हाट बजारबाट फर्किरहेको थियो ।
सवारी बाटोमा पहिलेदेखि ढुकेर बसेका माओवादी छापामारको आक्रमणमा परेको थियो ।
झारखण्ड प्रहरी प्रवक्ता र एडीजीएमएल मीणाले घटनाको पुष्टि गरेका छन् ।
आक्रमणमा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भयो । आक्रमण पछिल्लो एक महिनामा माओवादीहरुको चौथो आक्रमण हो ।
यस अघि मे २८ मासरायकेला खरसांवा जिल्लाको कुचाईमा माओवादी विद्राहीले बारुदी धराप विस्फोट गराएका थिए । त्यस घटनामा झारखण्ड प्रहरी र सीआरपीएफका २६ जवान घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै