अस्ट्रेलियालाई हराउने श्रीलंकाको दाउ

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछ । पहिलो खेलमा साविक विजेता अस्ट्रेलिया र पूर्व श्रीलंका भिड्दैछन् । लन्डनको दी ओभल स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा बलियो टोली अस्ट्रेलिया र श्रीलंका दुवैको लक्ष्य जित निकाल्ने रहेको छ । यसैगरी सोफिया गार्डेन्समा साँझ ६ः१५ बजे सुरु हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । अफ्रिका र अफगानिस्तान यस विश्वकपमा निकै कमजोर देखिएका छन् ।
अस्ट्रेलिया र श्रीलंकाको विश्वकपमा यो पाँचौं खेल हो । यसअघिका चारमध्ये तीन खेलमा विजयी भएको अस्ट्रेलिया एक खेलमा पराजित भएको छ । पाँच पटक विश्वकप उपाधि जितेको अस्ट्रेलिया ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
यसैगरी एक जित, एक हार र दुई बराबरीमा नतिजा निकालेको श्रीलंका चार अंक सहित तालिकाको पाँचौं स्थानमा छ । विगतको नतिजामा अस्ट्रेलिया बलियो देखिएको छ । यसअघि विश्वकपमा यी दुई टोलीबीच १० पटक भिडन्त भएको छ । जसमा अस्ट्रेलियाले सात र श्रीलंकाले दुई खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।
सन् १९९६ को विश्वकप फाइनलमा श्रीलंकाले अस्ट्रेलियालाई सात विकेटले हराएर उपाधि जितेको थियो । उक्त हारको बदला अस्ट्रेलियाले सन् २००७ को विश्वकपमा लिएको थियो । उक्त विश्वकपको फाइनलमा अस्ट्रेलियाले श्रीलंकालाई ५३ रनले हराउँदै उपाधि जितेको थियो । त्यसैले बलियो अस्ट्रेलिया र औसत श्रीलंकाबीचको आजको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
यसैगरी अर्को खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानबीच एकदिवसीय क्रिकेटमा पहिलो पटक भिड्न लागेका हुन् । जारी विश्वकपमा दक्षिण अफ्रिकाले पाँचौं र अफगानिस्तानले चौथो खेल खेल्दैछ । दक्षिण अफ्रिका तीन खेलमा पराजित भएको छ । एक खेल वर्षाका कारण रद्ध भएको थियो । एक अंकसहित दक्षिण अफ्रिका तालिकाको नवौं स्थानमा छ । तीनवटै खेलमा पराजित भएको अफगानिस्तान तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालका प्रवक्ता अधिकारिको उपचारको क्रममा अमेरिकामा निधन
-
दुई–दुई वर्षमा भन्सार एजेन्टको परीक्षा–पुरानालाई एक पटक मौका, स्नातक पास अनिवार्य
-
मुलुक विकासको मार्गमा अघि बढिरहेको छः महामन्त्री थापा
-
औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री भण्डारी
-
स्वास्थ्य बीमामा वार्षिक २ खर्बको कोष जुटाउने यस्तो छ मन्त्रालयको योजना
-
पाकिस्तानमा सैन्य कारबाही, १० आतंककारी मारिए