शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुटको शतकमा इङ्ल्यान्ड विजयी

शनिबार, ३२ जेठ २०७६, ०८ : ४६
शनिबार, ३२ जेठ २०७६

जो रुटले अलराउन्डर प्रदर्शन गरेपछि आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत शुक्रबार राति भएको खेलमा आयोजक इङ्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । जारी विश्वकपमा इङ्ल्यान्डको यो तेस्रो जित हो ।

रोज बल स्टेडियममा वेस्ट इन्डिजले दिएको दुई सय १३ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले ३३.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । वेस्ट इन्डिजका सिम्रन हेटमायर र कप्तान जासन होल्डरको महत्वपूर्ण विकेट लिएका

इङ्ल्यान्डको जितमा जोय रुटले ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शन गरे । उनले  शतकीय पाली खेलेक थिए । रुटले अविजित एक सय रन बनाए । जोनी बेयरस्टले ४५, क्रिस वाक्सले ४० र बेन स्टोक्सले १० रन बनाए । वेस्ट इन्डिजका सानन् गाब्रियलले दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४४.४ ओभर सवै विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले अर्धशतकीय पाली खेले । उनले ६३ रन बनाए । सिम्रन हेटमायरले ३९, प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले ३६, आन्द्रे रसेलले २१, कार्लोस बेथवेटले १४ र साइ होपले ११ रन बनाए ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इङ्ल्यान्डका जोफरा आर्चर र मार्क उडले तीन तीन विकेट लिए । जोय रुटले दुई तथा क्रिस वाक्स र लियाम प्लुनकेटले एक एक विकेट झारेका थिए । यस जितसँगै इङ्ल्यान्डले चार खेलबाट ६ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । छैटौं स्थानमा रहेको वेस्ट इन्डिजको समान खेलबाट तीन अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप