शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जंगली च्याउ खाँदा हालसम्म ६ जनाको मृत्यु, अझै दुईको अवस्था चिन्ताजनक

शनिबार, ३२ जेठ २०७६, ०८ : ०४
शनिबार, ३२ जेठ २०७६

बुटवल । पाल्पामा जंगली च्याउ खाँदा मृत्य हुने संख्या थपिएको छ । एक हप्ता अघि च्याउ खाएर विरामी परेका मध्येको मृत्यु हुनेको संख्या ६ पुगेको हो । उनीहरुले जेठ २४ गते जंगली च्याउ खाएका थिए ।  

उपचारका क्रममा ३ जनाको गतराति काठमाडौँमा निधन भएपछि अहिलेसम्म निधन हुनेको संख्या ६ पुगेको हो । च्याउ खाएर बिरामी भएका ११ जनामध्ये अहिलेसम्म ६ जनाको मृत्यु भएको जिल्लामा प्रहरी कार्यलयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले जारी प्रेश विज्ञप्तिमा पाल्पाको निस्दी गाउँपालिका ३ झिरुवासको सार्की डाँडा निवासी ४८ वर्षीय पूर्ण सिंह खाम्चा मगर, १२ बर्षीया निसा सिंह ठकुरी, ६ बर्षीय सुमन सिंह ठकुरीको निधन भएको हो । निसा र सुमन कान्छा बुवा र ठूलाबुवाका छोरा–छोरी हुन् ।

दुई दिन अघि १४ वर्षीया निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने ८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा ५ दिन अघि निधन भएको थियो ।

जंगली च्याउ खाएर ११ जना विरामी परेकोमा ९ जनाको कावासोती स्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई थप उपचारका लागि काठमाडौं लगिएको थियो । विरामीमध्ये एकजना निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको काठमाडौँमा उपचार भइरहेको छ। तीमध्ये २ जनाको अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।

मृतक ६ जना मध्ये निसा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् । एक पछि अर्कोको मृत्यु भएको खवरले उनीहरुको गाउँ सार्कीडाडामा सन्नटा छाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप