फिफा वरियतामा खस्कियो नेपाल
शनिबार, ३२ जेठ २०७६, ०७ : ५०
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाल चार स्थान खस्किएको छ ।
फिफाले सुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान खस्किएर एक सय ६५औं स्थानमा पुगेको हो ।
नेपाल अघिल्लो महिना एक सय ६१औं स्थानमा थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि रहेको भारत समग्रमा एक सय १ स्थानमा छ ।
माल्दिभ्स एक सय ५१औं स्थानमा छ । बंगलादेश एक सय ८३औं, भुटान एक सय ८६औं, श्रीलंका दुई सय १ र पाकिस्तान दुई सय ३ स्थानमा छ ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ ।
फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौंथो र पोर्चुगल शीर्ष पाँचमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण