शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

शनिबार, ३२ जेठ २०७६, ०६ : ३२
शनिबार, ३२ जेठ २०७६

नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकीमा भाग लिन जेनेभा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका समकमक्षी नसिर बिन थानी अल हम्लीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २००७ मा गरिएको श्रम समझादारीलाई प्रतिस्थापन गरी नयाँ समझादारीमा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा कामदार भर्ना प्रक्रिया पारदर्शी बनाउँदै नेपालीलाई विदेशीसरह हैसियत र सुविधा दिने, कामदार भर्ना प्रक्रियामा लाग्ने शुल्क र सेवाशुल्क रोजगारदाताले ब्यहोर्ने उल्लेख छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप