बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा चयन

शुक्रबार, ३१ जेठ २०७६, १८ : ४५
शुक्रबार, ३१ जेठ २०७६

काठमाडौं– कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा निर्विाचित भएका छन् । 

बैंकको विशेष साधारण सभावाट संस्थापक समूहको तर्फवाट प्रतिनिधित्व गर्ने अमिर प्रताप ज.ब.राणा र कृष्ण प्रसाद ज्ञवालि साथै सर्वसाधारण समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा.डा.गणेश प्रसाद पाठक सहित ५ जनाको सञ्चालक समितिलाई निवर्तमन अध्यक्ष सन्तोष कुमार लामा तथा निवर्तमन संस्थापकहरुले स्वागत गरेका छन् । 

नव निर्वाचित सञ्चालकहरुको बैठकले अमिर प्रताप ज.ब.राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको बैंकले जनाएको हो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप