शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकका थप ४ नयाँ शाखा र १२ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

शुक्रबार, ३१ जेठ २०७६, १६ : ३६
शुक्रबार, ३१ जेठ २०७६

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश नंं १ को सुनसरी र झापामा थप ४ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

बैंकले सुनसरीको इनरुवा नगरपालीकास्थित इनरुवा र सोहि जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा झापाको भद्रपुर नगरपालिका १० स्थित चन्द्रगढी (चाराली रोड) र सोहि जिल्ला कै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

यसैगरि बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । 

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप