शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३३ पुगिन् नम्रता

शुक्रबार, ३१ जेठ २०७६, १६ : ३०
शुक्रबार, ३१ जेठ २०७६

काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठ ३३ वर्ष पुगेकी छन् । शुक्रबार राजधानीमा आयोजित फिल्म ‘जाइरा’को एक कार्यक्रममा उनले ३३ आंँ जन्मदिनको केक काट्दै खुसी साटेकी हुन् ।

६ भदौबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’मा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन् । कार्यक्रममा उनले टिन एजमा आफू पनि फिल्मको जस्तै बोल्ड केटी भएको बताइन् । फिल्म ‘जाइरा’मा उनकै होम प्रोडक्सन कम्पनीले पनि सहकार्य गरेको छ ।

कार्यक्रममा फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको थियो । पोस्टरमा उनी मार्शल आर्ट खेलाडीको लुक्समा देखिएकी छन् ।

आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ ।

‘जाइरा’मा नम्रता एक्सन अवतारमा प्रस्तुत हुने छिन् । अन्य कलाकारको भुमिका भने निर्माण पक्षले खुलाएको छैन । प्रदर्शन मिति नजिकिदै जादा सबै बिषयबस्तु खोल्दै जाने निर्माता प्रशन्न गोपालीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप