शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच सन्तानको हत्या गरेर गाडीमा राखेर हप्ता दिनसम्म घुम्ने बुवालाई दिइयो मृत्युदण्ड

शुक्रबार, ३१ जेठ २०७६, १३ : ५३
शुक्रबार, ३१ जेठ २०७६

आफ्ना पाँच सन्तानको हत्या गर्ने एक बुवालाई मृत्युदण्ड दिइएको छ ।

३७ वर्षे तिमोथी जोन्सले आफ्नो ६ वर्षे छोरालाई यस्तो व्यायाम गर्न निर्देशन दिए कि उनको मृत्यु नै भयो । साउथ क्यारोलिनास्थित लेक्जिङ्टनमा अगस्ट सन् २०१४ मा बत्तीको तार बिगारेका कारण उनले छोरालाई सजाय स्वरुप उक्त व्यायाम गर्न लगाएका थिए ।

६ वर्षे छोराको मृत्यु भएको थुप्रै घण्टापछि उनले एक देखि आठ वर्षसम्मका आफ्ना चार सन्तानको घाँटी थिची हत्या गरे ।

ती बुवाले आफूले पागलपनका कारण त्यस्तो गरेकाले यसमा आफ्नो कुनै दोष नभएको बताउँदै आएका थिए  । तर गत हप्ता उनलाई दोषी ठहर गरियो ।

उनलाई दोषी ठहर गर्ने न्यायाधीसले उनलाई जून १३ (जेठ ३०) मा मृत्युदण्ड दिनुपर्ने निर्णय गर्यो ।

उनी अघि दक्षिण क्यारोलिनामा सन् २०११ देखि कसैलाई पनि मृत्युदण्ड दिइएको थिएन ।

जोन्सलाई सन् २०१४ को सेप्टेम्बरमा मिसिसिप्पी चेकपोइन्टमा पक्राउ गरिएको हो । उनले आफ्नो सन्तानको शवलाई फोहोर राख्ने प्लास्टिक ब्यागले बेरेका थिए ।

जोन्सले पुलिसलाई उनका ६ वर्षे माइलो छोरा न्याहतानको दुर्घटनावश मृत्यु भएको जानकारी दिए । छोराले बिजुलीका तार बिगारेका कारण सन् २०१४ को अगस्ट २८ मा जोन्सले उनलाई स्क्वाट्स र पुसअप्स गर्न अह्राएको बताए ।

त्यसपछि आफूले चार सन्तान – मेराह,८, इलिएस,७, ग्याब्रिएल,२, र एक वर्षे अबिगेल एलेनको घाँटी थिची हत्या गरेको रुँदै जानकारी दिए ।

जोन्सका वकिलका अनुसार उनको बाल्यकाल हिंसायुक्त वातावरणमा बितेको र उनले सिजोफ्रेनिया (मानसिक रोग) बाट ग्रसित आमाको माया कहिल्यै पाएनन् । यसका साथै ती वकिलले उनको एक कार दुर्घटनामा टाउकोको हड्डी भाँच्चिएको र दिमागमा चोट लागेको पनि बताए ।

अदालतद्वारा नियुक्त मनोचिकित्सक डा. रिचर्ड फ्रेयरसनका अनुसार अनुसन्धानको क्रममा जोन्सलाई एउटा कडा आवाजले अन्य चार सन्तानको पनि हत्या गर्न अह्राएको बताए ।

माइलो छोराको मृत्युपछि आफू जेल जानुपर्ने भएका कारण सबैको एकैपटक हत्या गर्नु ठिक भएको जोन्सले सोचे । फ्रेयरसन भने, ‘उनले यसबारे निर्णय गरे र सबैको हत्या गरे । उनलाई लाग्यो कि यस्तो गर्नु नै ठिक हो ।’

‘उनको रोगी दिमागले उनको सन्तान स्वर्गमा नै सुरक्षित हुने सोच्यो,’ मनोचिकित्सकले भने, ‘कसैलाई घृणाका कारण मार्नु हत्या हो । मायामा सन्तानको हत्या गर्नु पागलपन हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप